
काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा चिकित्सा शिक्षा सुधारका लागि पटक पटक अनसन बस्दै आएका डा गोविन्द केसीको प्रमुख माग पूरा गराउन सफल भएका छन् ।
देउवाले मन्त्रिपरिषदबाट चिकित्सा शिक्षा अध्यादेश पारित गरेर राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणिकरण गराई कार्यान्वयनमा ल्याएका हुन् । राष्ट्रपछि भण्डारीले शुक्रबार मात्रै अध्यादेश प्रमाणिकरण गरेकी हुन् । सरकारले डा केसीको माग सम्बोधनका लागि भन्दै कात्तिक ६ गते क्याविनेटबाट पारित गरेर अध्यादेश राष्ट्रपति कार्यालय शीतलनिवास पठाएको थियो ।
तर, राष्ट्रपति भण्डारीले आफ्नो माउ पार्टी नेकपा एमालेको दबाबमा अध्यादेश लामो समयसम्म अड्काएर राखेकी थिइन् । जब प्रधानमन्त्री देउवाले सार्वजनिक रुपमै राष्ट्रपतिको आलोचना गर्न थाले तथा भित्री रुपमा दबाब दिन थाले र डा केसीले राष्ट्रपतिलाई सडकमा उतार्ने चेतावनी दिए त्यसपछि उनी एमालेले दिएको दबाबबाट पछि हट्दै अध्यादेश प्रमाणित गर्न बाध्य भइन् ।
यसअघि चिकित्सा शिक्षा विधेयक संसदबाट पारित हुन नदिएका एमाले नेताहरुले अध्यादेश ल्याउँदा कडा विरोध गरेका छन् । तर, देउवाले एमाले नेताहरुको विरोधलाई छिचोल्दै अध्यादेश ल्याइ छाडे र आज राष्ट्रपतिलाई प्रमाणिकरण गर्न बाध्य पारेर डा केसीको प्रमुख पूरा गराउन सफल भए ।
अब आजदेखि चिकित्सा शिक्षा अध्यादेश कार्यान्वयनमा आएसँगै उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्ज पाइनेछैन् ।
Facebook Comments