
राजविराज, २४ कार्तिक । सप्तरीको जनता माध्यमिक विद्यालय तोपामा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थीहरुलाई सोमवारसम्म उपलब्ध नगराए तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले कडा कार्वाही गर्ने चेतावनी दिएका छन् ।
‘पाठ्यपुस्तक बिना नै पढ्छन् एसईईका विद्यार्र्थीहरु’ भनी शिर्षकको समाचार न्यूज टुडे दैनिकले सार्वजनिक गरेपछि उनको ध्यानाकर्षण भएको हो । प्रधानाध्यापक र विद्यालय प्रशासनको बेवास्ताले गर्दा विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का अधिकांश विद्यार्थीहरु अतिरिक्त गणित, कम्प्युटर, जनसंख्या तथा स्वास्थ्य शिक्षा सहितका पाठ्यपुस्तकहरु पाउनबाट बञ्चित भएको भनी आशयको समाचार सार्वजनिक भए लगत्तै शुक्रवारै गाउँपालिका अध्यक्ष सिंहले आफै विद्यालय पुगेर विद्यार्थीहरुसँग समस्याबारे जानकारी लिएका छन् ।
विद्यार्थीहरुको समस्या सुने लगत्तै उनले विद्यालयका प्रधानाध्यापक रमेश कुमार झालाई भेटेर पाठ्यपुस्तक वितरण नगर्नुको कारणबारे समेत जानकारी लिएका छन् । प्रधानाध्यापक झाले सोमवारसम्ममा जसरी भए पनि विद्यार्थीहरुलाई पाठ्यपुस्तक उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् । सोमवारसम्ममा विद्यार्थीहरुलाई पाठ्यपुस्तक उपलब्ध नगराए कडा कार्वाही गर्ने भन्दै गाउँपालिका अध्यक्ष सिंहले लेखेका छन् ‘सोमबारसम्म पुरा गर्ने बाचा लिएको छ, साथै सोमवारसम्म किताब उपलब्ध नगराएको खण्डमा कडा भन्दा कडा कार्वाही गर्न बाध्य हुनेछु ।’
अध्यक्ष सिंहसँग यस विषयमा थप कुरा बुझ्न पटक–पटक सम्पर्क गर्दा मोबाइल फोन उठेन । कुल ९ सय ९९ जना विद्यार्थी अध्ययनरत रहेको उक्त विद्यालयमा कक्षा १० मा मा १ सय ३० जना विद्यार्थी अध्ययनरत छन् ।
newstoday.com.np
Facebook Comments