Loading...
सप्तरीको खुरहुरिया र पत्थरगाडामा विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश

राजविराज, २४ कार्तिक । सप्तरीको प्रतिनीधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर–३ को दुई छुट्टा–छुट्टै स्थानमा आयोजित चुनावी कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेको छ । विष्णुपुर गाउँपालिकाको खुरहुरिया र डाक्नेश्वरी नगरपालिकाको पत्थरगाडामा आयोजित छुट्टाछुट्टै चुनावी सभामा विभिन्न पार्टी परित्याग गरी सयौं जना नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

पार्टीमा प्रवेश गर्नेहरुलाई काँग्रेस नेता एवम् पयर्टन मन्त्री जितेन्द्रनारायण देव, काँग्रेस सप्तरीका सभापति एवं क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार दिनेशकुमार यादव, सोही क्षेत्रतर्फ प्रदेश सभा सदस्यका उम्मेदवार मोहम्मद समिम, निवर्तमान सांसद् सकलदेव सुतिहार, महाधिवेशन प्रतिनिधि डा. अनिलकुमार झासहितका नेताहरुले फुल, माला तथा अबीर लगाएर स्वागत गरेका छन् । पर्यटन मन्त्री देवले नेपाली काँग्रेसले मात्र मधेस र मधेसीको समस्या समाधान गर्ने भएकोले आफ्नो पार्टी फोरम लोकतान्त्रिकले काँग्रेससँग एकिकरण गरेको प्रष्ट्याए । काँग्रेसलाई दुई तिहाई बहुमतले जिताए मात्रै मधेसको समस्या समाधान हुने दावी गरे ।

रेडक्रस सप्तरीका सभापति जोगेन्द्र भगतले काँग्रेस पार्टी देशकै सबभन्दा पुरानो पार्टी भएको र हरेक समस्या समाधान गर्ने भएकाले लोकतन्त्रवादी शक्तिहरुलाई चुनावमा जिताउन आग्रह गरे । प्रतिनिधि सभा सदस्यका उम्मेदवार काँग्रेस सभापति दिनेशकुमार यादवले आफू यसअघि दुई पटक पराजित भए पनि जनताको समस्यासँग प्रत्यक्ष सरोकार राख्दै विकास निर्माणमा अहम् भूमिका निर्वाह गरिरहेको बताए । ‘काँग्रेसले यसअघि पनि मधेसी समुदायको माग सम्बोधन गराउन ब्यवस्थापिका संसद्मा संशोधन प्रस्ताव लगे पनि एमालेको विरोधले पास हुन नसकेको प्रष्ट्याए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *