Loading...
जितेर के गरे गगन थापा ? मतदाताहरुले गगन थापालाई सोध्नु पर्ने प्रश्नहरु यस्ता छन्

=======================================
आजभोलि निर्बाचनको मौसम हो. दलहरुलाई चुनाबले राम्रैगरि रंगाएकोछ. यस्तो रंगिने क्रममा नेपाली कांग्रेस नामको एउटा जमातलाई र यसका उम्मेदवारहरुलाई भने अझ बढी नै रंगाएको देखिन्छ र बुझिञ्छ.
——————–
यहि निर्बाचन प्रचार-प्रसारकै क्रममा काठमाडौँका गगन थापाले यसो भनेछन “मलाई जिताउनुस, मैले निर्बाचन जितेको २ महिना भित्र काठमाडौँ महानगरलाई बोश्वको नमुना शहर बनाउँछु. सकिन भने राजानिती छोड्छु.”

हैन हो, थापाजी, तपाईं बिगत ५ बर्ष देखि अहिलेसम्म पनि त्यहि काठमाडौँकै एउटा साम्सद हुनुहुन्थेन र ? अनि त्यो ५ बर्षको अबधीमा चाहिं के हेरेर बस्नु भयो त ? बिचमा ९ महिनाको के पी वलीको सरकार बाहेक त बाँकी अबधी तपाईंहरुकै कांग्रेसी जमातको नेतृत्वमा सरकार चलेको होइन र ? सुरुको १८ महिना तपाईंको जमातको नाईके शुशिल कोईरालाको सरकार थियो. त्यसपछी “माओबादी” केन्द्र तथा कांग्रेसको संयुक्त सरकार हुँदा तपाईंले जे माग्यो त्यहि दिन्थ्यो र अहिलेको शेर बहादुर देउबा कांग्रेसकै अर्को नाईके हुन् त ! त्यहि बिचमा तपाईं मंत्री पनि हुनु भयो क्यारे, होइन र ? त्यत्रो पांच बर्षको अबधीमा र मंत्री हुँदा समेत ढलेको सिन्को नभाँच्ने तपाईंले अब २ महिनाको अबधीमा के चाहिं जादु गर्नु हुन्छ, हँ थापाजी ?
———————-
थापाजी, सबैलाई आफु जस्तै लाउके, सतही र टप्परटुंया ठान्ने र आफुले जहिले जे बोल्दिए पनि पत्त्याईहाल्छन भन्ने मुर्खता नगर्ने कि, “नेता” ज्यु ! तपाईंले यस्तै “मैले यो काम सम्पन्न गर्न सकिन भने, म राजनितीबाट सन्यास लिन्छु” भनेर यो भन्दा अघीका विभिन्न घडीहरुमा भन्दै आउनु भएको थियो. तपाईंले तपाईंका त्यस्ता कुनै पनि बचन र प्रतिज्ञाहरु आजका दिनसम्म पुरा गर्न सक्नु भएको छैन. अनि, तपाईंले राजनिती छोड्नु भयो त ? डाक्टर गोबिन्द के सीको माग पुरा गर्नाउने बारेमा तपाईंले त्यस्तै भन्नु भएको थियो. के तपाईंले के सीका मागहरु पुरा गर्न कुनै ठोश कदम चाल्नु भयो ? कहिले र के कस्तो कदम चाल्नु भयो ?
———————-
अर्को तथ्य पनि बिध्यामान छ. अरुले पहिलेनै सम्पन्न गरेका कामहरुलाई तपाईंले “मैले गरेँ” भनेर धाक लाउँदै गरेको सुनिएको छ. जस्तै- Dialysis उपचार गर्दा लागेको खर्च सरकारले तिरिदिने भन्ने कुरा के वलीको सरकारकै पालामा लागु भएको कुरा हो, तर अहिले तपाईं आफुले गरेको भन्नु हुन्छ. यस्तै अरु केहि कामहरु वली सरकारले गरे/गराएका छन्. तर, तपाईं “मैले गारेको” भनेर जस लिन कुप्रयाश गर्दै हुनुहुन्छ.
————————-
गगन थापाजी, तपाईंका यस्तै फोश्रो र सतही प्रतिज्ञाहरुकै कारणले तपाईंले करिब २ बर्ष पहिले पोर्चुगल भ्रमणमा जाँदा तपाईं विराजमान मंचमा तपाईं माथी एउटा नेपाली मित्रले जुत्ता प्रहार गरेर आफ्नो आक्रोश पोखेका थिए भन्ने तथ्य बिर्सनु भयो ? तपाईं मोटा, चिल्ला, चिप्ला र स्वादिलो कुरा धेरै गर्ने, काम भने ढलेको सिन्को नउठाउने लाउके, सतही र टप्परटुंया कथित नेता न हो, त्यो भन्दा बढी तपाईं केहि पनि होइन भन्ने तथ्य तपाईंले नै प्रमाणित गरेको छ. त्यह भएर मानिसहरुले तपाईंलाई बिभिन्न उपनामहरु भिराएका छन्. जस्तै- गनगन थापा; गफाडी थापा; लाउके, सतही र टप्परटुंया युबा कांग्रेसी नेता, आदी, ईत्यादी. अब काठमाडौँका जनताले गगन थापालाई सोध्नु पर्ने यस्ता प्रश्नहरु छन्.


===================
दीपक मनराल
नोवेम्बर १०, २०१७.

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *