Loading...
बाम गठबन्धन तनावमा, सर्लाहीमा महेन्द्र यादवको पक्षमा जनलहर देखिए

सर्लाही । सर्लाही क्षेत्र नं २ का प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेदवार बनेका महेन्द्र यादवको पक्षमा ब्यापाक जनलहर देखिएको छ । यादव राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य समेत हुन् । अहिले नेता यादव आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रममा निकै व्यस्त रहेका छ्न् । यादव आज सोही क्षेत्रको कविलासी नगरपालिकामा घरदैलो कार्यक्रम गर्न पुगेका हुन् । राजपा फोरमका साझा उम्मेदवार महेन्द्रराय यादव प्रतिनिधी सभा सदस्यका प्रत्यक्ष उम्मेदवार हुन् भने फोरमबाट प्रदेश सभा सदस्यका प्रत्यक्ष उम्मेदवार अशोककुमार यादव रहेका छन् ।

दुबै जना एकै साथ जनताको घरदैलोमा पुगेर मत मागिरहेका छन् । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार भने जंगीलाल राय र बाम गठबन्धनका तर्फबाट दिनेशकुमार यादव रहेका छन् । प्रदेश सभा सदस्यमा क्षेत्र नं.२ बाट कांग्रेसको लागि ‘क’ विनोद साह ‘ख’ बाट नागेन्द्रप्रसाद रायले उम्मेदवार बनेका छन् । राजपा फोरम गठबन्धनको लागि ‘क’ बाट गौरी शंकर साह राजपा र ‘ख’ बाट अशोक यादव फोरमबाट उम्मेदवारी दिएका छन् । बाम गठबन्धनबाट ‘क’ को राजकुमार राय र ‘ख’ बाट सुरेश साहले उम्मेदवारी दर्ता गराएका छन् । यादवले राजनीतिमा लागेर निर्वाचन लडेदेखि अहिलेसम्म आफ्नो क्षेत्रमा हारेका छैनन् । अहिले राजपा फोरम गठबन्धनले उनी थप बलिया देखिएका हुन् । स्थानीय निर्वाचनमा पनि उनको क्षेत्रबाट राजपा र फोरमले मात्र जित हासिल गरेका थिए

www.cpostnews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *