
माओवादीका नेता तथा रोल्पाका प्रतिनिधिसभा सदस्य उम्मेदवार वर्षमान पुन ‘अनन्त’ चढेको गाडी अज्ञात समुहले थापेको बिद्धुतिय धरापमा परेको छ ।
बिद्धुतिय धरापको बिस्फोट रोल्पा जिल्लाको माडीगाउँपालिका-१ स्थिति भिट्टाबाङ भन्ने ठाउँमा भएको हो । गाडि धराप मा परे पनि गाडीमा रहेका सबैजना सकुशल रहेको र अहिले स्थिति सामान्य भइसकेको पुनले जानकारी दिएका छन् । विस्फोटमा परेपछि गाडी क्षतिग्रस्त भएको छ, भने विस्फोटलगत्तै बाटो छेउमा लुकेर बसेको समूहसंग दोहोरो भिडन्त भएको छ ।
वाम गठबन्धनका उम्मेवारलाई लक्षित गरी फायरिङ गरेपछि दोहोरो भिडन्त भएको हो । स्थिति तनाब ग्रस्त भएको थियो ।
Facebook Comments