Loading...
कांग्रेसले गर्यो बामको निन्द्राहराम, बामको क्षेत्ररहेको सिङ्गै गाँउनै कांग्रेसमा प्रवेश
नरेन्द्र साह, रौतहट, कार्तिक २५, रौतहटको क्षेत्र न दुई काङ्ग्रेसमय हुने भएको छ। नेपाली काङ्ग्रेसको प्रभावसाली नेता एवं पुर्व मन्त्री अफ्ताब आलम प्रतिनिधि सभाको उम्मेदवार रहेका सो क्षेत्रमा दिनानुदिन काङ्ग्रेस प्रबेश गर्नेको लर्को लागेको छ । स्थानीय चुनावमा सबैभन्दा धेरै पद जितेको कारण अन्य बिरोधी पार्टीको समर्थकहरु आफ्नो पार्टी परित्याग गरि काङ्ग्रेसमा पस्न थालेपछि अन्य पार्टीलाई यो चुनावमा ठुलो चुनौतीको सामना गर्नु पर्ने सन्केत देखापरेको छ।
आज शनिबार मात्रै दर्जनभन्दा बढी ब्यती आफ्नो अफ्नो पार्टी त्यागि लगभग हजारौं समर्थक सहित नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन। नेपाली काङेश फतुवा महेशपुर गाउँ समिती वार्द न २ ले आयोजना गरेको पार्टी प्रवेश तथा आमसभा कार्यक्रममा प्रमुख अतिथी पुर्व मन्त्री एव्म प्रतिनिधि सभाका उम्मेदवार अफ्ताब आलमबाट टीका लगाइ उहाँहरु पार्टी प्रवेश गरेका हुन् ।
नवप्रवेशिमा एमाले पार्टी त्यागी रुपा साह ५००समर्थक सहित,फोरम लोकतान्त्रिक त्यागी शेख हफिज खलिफा १००समर्थक सहित,राप्रपा त्यागी शिव जि चौरसिया,मावोवादी त्यागी नेक महमद,आफ्नो सय समर्थक सहित लगभग हजारौ रहेको स्थानीय समाज सेवि सुखारी बैठाले आजतक मधेसलाई बताए । महिला नेत्री सन्जु बैठाले सवागत मन्तव्य दिनु भएको सो कार्यक्रममा राजपुर नगरपालिकाको मेयोर शेख शकिल,मेयर शेख वोकिल,सहित सयकडऔ बुधिजिबी ,प्रसासनिक प्रतिनिधि ,सहित हजारौं जनताको उपस्तिथि रहेको थियोे ।मन्च सन्चालन शेख नौसादले गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *