Loading...
बाम गठबन्धनलाई सत्ता सुम्पनु ‘मकैबारीमा बाँदरलाई कुरुवा राख्नु जस्तै हो – सहअध्यक्ष श्रेष्ठ

११ कार्तिक २०७४, काठमाडौँ । आज काठमाडौँको कोटेश्वर तीनकुनेस्थित पार्टी केन्द्रीय कार्यालयमा भएको पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा पार्टीको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन घोषणापत्र मस्यौदा समितिका संयोजक राजेन्द्रप्रसाद श्रेष्ठले ससफो नेपाल राजनीतिक पार्टी मात्र नभई मुलुकलाई नयाँदिशा दिनसक्ने राजनीतिक शक्ति समेत भएको बताए । उनले ससफो, नेपाल वैचारिक र राजनीतिक रूपमा नै सबै पार्टीको विकल्प भएको भन्दै आफ्नो पार्टीसँग एकाइसौँ शताब्दीमा नेपाली विशेषताको सङ्घीय प्रणाली र समाजवाद निर्माण गर्ने दुरदृष्टि मात्र होइन नेपाली समाज परिवर्तनको मौलिक सिद्धान्तको रूपमा सङ्घीय समाजवाद पनि भएकाले आफ्नो पार्टीको विजय सुनिश्चित भएको बताए ।

नेता श्रेष्ठले बर्तमान परिस्थितिमा एमाले नेतृत्वको कम्युनिष्ट गठबन्धनलाई सत्ता सुम्पनु ‘मकैबारीमा बाँदरलाई कुरुवा राख्नु जस्तै हो’ भन्दै आफूलाई साम्यवादी र वहुदलीय जनवादी भन्ने नेकपा (एमाले) उत्पीडित राष्ट्रियताहरूको पहिचान र संविधान संशोधनको मुद्दामा काङ्ग्रेस पार्टीले जति पनि प्रगतिशील दृष्टिकोण राख्न नसकेको बताए । त्यसरी नै नेपाली काङ्ग्रेसले आफूलाई लोकतन्त्रिक समाजवादी भने पनि राजनीतिक रूपमा यथास्थितिवादी रहेको भन्दै काङ्ग्रेसले परिवर्तनका उपलब्धीहरूलाई ठीक ढङ्गले संस्थागत गर्न नसकेकाले नै नेपाली जनताले पटक पटक सङ्घर्ष र बलिदान गर्नु परेको बताए । उनले काङ्ग्रेस र एमालेको कटाक्ष गर्दै भने ‘यी दुई दलहरू फरक फरक कित्तामा उभिए पनि विचारमा जरासन्दजस्तै टाँसिएका छन् भन्दै दुबै पार्टीले सङ्घीयता, ग्णतन्त्र र धर्मनिरपेक्षता विरोधी राप्रपासँग तालमेल गर्नुले उनीहरूको परिवर्तनप्रतिको निष्ठा शंकास्पद छ ।’

आउने निर्वाचनमा पार्टीको एजेण्डाको सम्बन्धमा पत्रकारहरूको प्रश्नको जवाफमा उनले भने ‘संविधान संशोधनको साथै पहिचानसहितको सङ्घीयता, समातामूलक समृद्धि र सुशासन नै हाम्रा मुख्य मुद्दाहरू हुन् ।’ वित्तिय सङ्घीयताका ज्ञाताका रूपमा समेत आफ्नो पहिचान बनाएका नेता श्रेष्ठले आफ्नो पार्टीको सरकार बने मुलुकलाई ५ वर्षभित्र उर्जा शक्तिमा पूर्ण रूपमा आत्मनिर्भर बनाउने, कूल गार्हस्थ उत्पादनको ५० प्रतिशत स्थीर पुँजीको रूपमा विकास गर्ने, २ अङ्कको आर्थिक वृद्धि हासिल गर्ने, प्रति व्यक्ति आय दोब्बर पु¥याउने र निरपेक्ष गरिवीको रेखामुनी रहेका जनतालाई गरिवीबाट मुक्त गर्ने तथा १० वर्षभित्र आर्थिक रूपमा आत्मनिर्भर बनाई देशलाई विकासशील मुलुकमा रूपान्तरित गर्ने र २५ वर्षभित्र मुलुकका स्रोत साधनहरूको अधिकतम उपयोग गरी विकसित मुलुकको दाँजोमा पु¥याउने सङ्कल्प रहेको बताए ।

nepalisamachar.com

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *