Loading...
ओली र प्रचण्डको सम्बन्ध बिग्रियो, ओलीले फोन गरेर भने प्रचन्डलाई अब पार्टी एकता हुदैन !

झापा । एमालेका अध्यक्ष केपी ओलीले मंसिर नौ गते पार्टी एकीकरण हुँदैन भनेका छन् ।

झापामा आइतबार बिहान आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले निर्वाचन अगाडि पार्टी एकीकरण नहुने बताए । ‘मंसिर ९ गते पार्टी एकीकरण हुँदैन’, उनले भने, ‘पार्टी एकीकरण भयो भने पनि निर्वाचनपछि हुने हो । अहिले हुँदैन ।’ ओलीले फोन गरेर भने प्रचन्डलाई अब पार्टी एकता हुदैन भनेका छन्

ओलीले भने, ‘मंसिर ९ गते पार्टी एकीकरण भएन भने १० गतेदेखि एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण हुँदन भनेर हल्ला चलाउने षड्यन्त्र भएको छ ।’

‘मलाई एकाबिहानै साथीहरूको फोन आयो । मंसिर ९ गते पार्टी एकीकरण हुँदै छ भनेर । मैले प्रचण्डजीलाई फोन गरे । प्रचण्डजीले थाहा छैन भन्नुभयो । ल थाहा पाउनुस् भनेर सबै कुरा भने’, उनले भने, ‘मंसिर ९ गते पार्टी एकीकरण हुँदैछ भनेर कसले हल्ला फिजाउँदै छ ? पार्टी एकीकरण भयो भने पनि निर्वाचनपछि हुने हो ।’

एमालेका अध्यक्ष ओलीले मंसिर ९ गते पार्टी एकीकरण हुने कुराको खण्डन गर्दै भ्रममा नलाग्न आग्रह गरेका छन् ।
राजधानीबाट निश्कने केही पत्रपत्रिकाले एमाले र माओवादी केन्द्रबीच मंसिर ९ गते पार्टी एकीकरण हुने समाचार सम्प्रेषण भएका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *