
सुनसरी, २६ कात्तिक । संघीय समाजवादी फोरम नेपाल र नेपाली कांग्रेसले आइतबार धरानमा संयुक्त रुपमा पत्रकार सम्मेलन गरी उम्मेदवार घोषणा गरेका छन् ।
संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य तथा संगठन विभाग सचिव ध्यानबहादुर राईले दुई दलले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी उम्मेदवारहरुलाई प्रस्तुत गरिएको बताए ।
दोस्रो चरणको निर्वाचन अनुरुप आगामी २१ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सुनसरी १ मा दुई दलबीच गठबन्धन बनाइएको छ । जसअनुसार प्रतिनिधिसभा सदस्यका लागि संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राई र प्रदेशसभा सदस्य ‘क’ र ‘ख’मा कांग्रेसबाट क्रमशः किशोर राई र बुद्धिबहादुर कटुवाल उम्मेदवार छन् ।
Facebook Comments