Loading...
प्रदिप यादवलाई सहिद पिताका आशिर्वाद, सहिदका पिता भन्छन- “प्रदीप जित्नै पर्छ र जित्छ !”

संघीय समाजवादी फोरम नेपाल, पर्साका अध्यक्ष एवम् पर्सा क्षेत्र नम्बर १ का लागि फोरम-राजपा गठबन्धनको तर्फा बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार म प्रदीप यादवले घरदैलो कार्यक्रम आज बाट सुरु गरेको छु । मैले मधेसी वीर शहिदहरुको सम्मान गर्दै शहिद परिवार को आशिर्वाद लिएर आफ्नो घरदैलो शुभारम्भ गरेको छु।

मैले मधेसी वीर शहिद धर्मराज सिंहका पिता श्री प्रभु सिंहको हात बाट फोरम-राजपा गठबन्धनको संयुक्त अपिल लोकार्पण गर्न लगाएको छु। सहिद पिता हाम्रो अपिल सार्बजनिक गर्दै शहिद पिता प्रभु सिंहले सम्पूर्ण मतदाताहरुलाई मशाल चिन्हमा मतदान गरि संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का संयुक्त उम्मेदवारहरुलाई अत्यधिक मत दान गरि विजयी बनाउन अनुरोध गर्नु भएको थियो ।

अपिल लोकार्पण गर्न अवसरमा फोरम नेपालका राष्ट्रिय उपाध्यक्ष एवम् पर्सा क्षेत्र नम्बर १ को २ बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार लालबाबु राउत गद्दी, पर्सा क्षेत्र नम्बर १ को १ बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार जन्नत अन्सारी, जिल्ला उपाध्यक्ष सुन्दर प्रसाद कुर्मी, केन्द्रिय सदस्य एवम् पुर्व मन्त्रि करिमा बेगम, युवा नेता निखिल वर्णवाल, रोहित वर्णवाल लगायतको उपस्तिथी रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *