
कार्तिक २७ । सप्तरीमा चुनाव प्रचारको क्रममा तिलाठी कोइलाड़ी गाऊँ पालिका वड़ा न. ४, जिरिया बाजारमा आयोजित चुनावी सभालाई संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सम्बोधन गर्नु भएको छ । संयौको संख्यामा उपस्थित आम जनतालाई सम्बोधन गर्दै अध्यक्ष यादवले चुनावलाई पनि संघर्षको मानेर मधेश प्रदेश निर्माणको दिशामा अघि बढन आह्वान गर्नु भएको छ । चिनिया नेता माओको नाम बेचेर यहाँका माओवादीले भ्रष्टाचार र दलालीमा लिप्त भएको आरोप लगाउनु भएको छ ।
केही वर्ष अघि एक जना चिनिया नेतासंग भेटमा ति नेताको भनाई सुनाउदै यादवले भने,- ‘नेपालका माओवादीलाई देखेर हामी त छक्क पर्छौ । भ्रष्टाचार र दलाली आफू गर्छन तर नाम माओको चेच्छन ।’ दुई नम्बर प्रदेशलाई स्वायत्त र अधिकार सम्पन्न बनाउनुको विकल्प नरहेको भन्दै उनले त्यसका लागि भोट मार्फत मधेश विरोधी तीन दललाई जवाफ दिन आह्वान गर्नु भयो ।
Facebook Comments