
रोल्पा । माओवादी केन्द्रका नेता तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार वर्षमान पुनलाई लक्षित गरेर फेरि झडप भएको छ । रोल्पाको इरिबाङमा आयोजना गरिएको चुनावी सभामा सहभागी हुन हुनेक्रममा पुनलाई लक्षित गरेर गोली प्रहार भएको बताइएको छ ।
अज्ञात समूहले गोली प्रहार गरेपछि जवाफी कारवाहीस्वरुप गोली गोली चलाउनु परेको प्रहरीको भनाई छ । एमाले र माओवादी केन्द्रका साझा उम्मेदवार पुन कार्यक्रममा स्थगित गरेर फर्केका छन् ।
यसैबीच प्रहरीले वनबाट घाँस काटेर फर्केका ३ जना घाँसीलाई गिरफ्तार गरेको छ । उनीहरुलाई नियन्त्रणमा राखेर अनुसन्धन भइरहेको प्रहरीको भनाई छ ।
onlinedabali.com
Facebook Comments