Loading...
चार दर्जन नेता-कार्यकर्ता गिरफ्तार भएपछि बिप्लव आक्रोसित, आक्रोसले यस्तो गर्यो घोषणा

२७ कात्तिक काठमाडौँ । प्रहरीले विभिन्न जिल्लाबाट नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ ।

प्युठान, झापा, सप्तरी, लमजुङ, ताप्लेजुङलगायतका जिल्लाबाट चार दर्जन नेता कार्यकर्तालाई गिरफ्तार गरेको हो ।

सोमबार प्रहरीले ताप्लेजुङबाट मेची अञ्चल ब्यूरो सदस्य सकल लिम्बू, जिल्ला सचिवालय सदस्य राजु दास, जिल्ला सदस्य तथा विद्यार्थी अध्यक्ष गणेश कार्की ढोली, जिल्ला सदस्य ध्रुव मादेन, जिल्ला जनपरिषद उपप्रमुख राकेश दाहाल, जनस्वयंसेवकका जिल्ला कोषाध्यक्ष पूर्ण थलङ, जिल्ला सदस्य प्रेमलाल चौहान र पेम्बा शेर्पालाई प्रहरीले गिरफ्तार गरेको छ ।

त्यसैगरी प्रहरीले सोमबार नै लमजुङ सेक्रेटरी सन्तोष कोइरालासहित तीन जनलाई गिरफ्तार गरेको छ । जिल्ला सदस्य टेकतारा र गोविन्दलाई पनि प्रहरीले गिरफ्तार गरेको छ ।

यसअघि रोल्पा इन्चार्ज र सेक्रेटरीसहित आधा दर्जन नेता कार्यकर्ता, रुकुम र प्युठानबाट कार्यकर्तालाई गिरफ्तार गरेको छ ।

onlinedabali.com

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *