Loading...
फोरम नेपालको घोषणापत्र सार्वजनिक, कांग्रेस-एमालेले देशलाइ भिकमंगा बनायो- राजेन्द्र श्रेष्ठ

काठमाडौँ । संघीय समाजवादी फोरम नेपालले आज चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । सोमबार पत्रकार सम्मेलन गरेर फोरम नेपालले घोषणापत्र सार्वजनिक गरेको हो । पार्टीका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले प्रमुख दलहरु कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र लगायतका दलहरुले अहिलेसम्म गरेका प्रतिबद्धता अनुसार काम गर्न नसकेको आरोप लगाउँदै अब मुलुकको विकासको लागि जनताले आफ्नो पार्टीलाई विश्वास गर्न आग्रह गर्नु भएको छ उहाले इतिहास मा नेपाल सबै देश भन्दा समृद्ध भए पनि कांग्रेस र एमाले ले देशलाई भिक्मंगा बनाएको आरोप समेत लगाउनु भयो ।

श्रेष्ठले भन्नु भयो ,‘यो देशमा ठूलो पार्टीहरुले धेरै गफ दिए, तर विकासको नाममा सिन्को पनि भाँच्न सकेनन्, अब जनताले हाम्रो पार्टीलाई जिताउनुपर्यो, हामी देश र जनताको भलोको लागि काम गर्ने वचनबद्धताका साथ आएका छौं, हाम्रो मुलमन्त्र नै सुशासन र विकास नै हो।’ आफ्नो पार्टीले मुलुकको स्थायित्वको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको शासन व्यवस्था हुनुपर्ने एजेण्डा लिएको उहाले बताउनु भयो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *