Loading...
रेणु जिताउने जितनारायणले प्रचण्डबारेदिए सनसनीपूर्ण बयान,-भने “मतपत्र किन च्यात्नु पर्थ्यो”

चितवन । स्थानीय तहको निर्वाचनमा प्रचण्डपुत्री रेणु दाहाललाई जिताउन महत्वपूर्ण भुमिका खेलेका कांग्रेस सभापति जितनारायण श्रेष्ठले पार्टी जिल्दैमा चुनाव जित्न नसकिने तितो यथार्थ प्रस्तुत गरेका छन् ।

‘पार्टीभित्र तालमेल हुँदैमा चुनाब जित्ने भए स्थानीय तहको निर्वाचनमा मतपत्र च्यात्नु पर्ने थिएन ।’

भरतपुरमा रेणु दाहाललाई मेयरमा जिताउन कांग्रेस, माओवादी मिलेपनि नसकिएको र अन्तिममा मतपत्र नै च्यात्नुपर्ने अवस्था आएको स्मरण गर्दै सभापति श्रेष्ठले पार्टी मिल्दैमा निर्वाचन सहज रुपमा जित्छु भन्नु अहमता नराख्न प्रचण्डलाई सुझाव समेत दिए । ‘पार्टी भित्र तालमेल हुँदैमा चुनाब जित्ने भए स्थानीय तहको निर्वाचनमा मतपत्र च्यात्नु पर्ने थिएन,’ श्रेष्ठले भने ।

काँग्रेसका तर्फबाट चितवन क्षेत्र नम्बर २ क का उम्मेदवार समेत रहेका श्रेष्ठले आफ्ना प्रतिस्पर्धी वाम उम्मेदवार कृष्णभक्त खनाललाई पनि दुई पार्टी मिल्दैमा चुनाव जितिन्छ भन्ने अहमता त्याग्न आग्रह गरे ।

निर्वाचन जित्नलाई जनताको मन जित्नु आबश्यक रहेको बताउँदै उनले जनताको मनमा कहिल्यै नबसेकाहरु निर्वाचनमा सहभागी हुनुले लोकतान्त्रिक गठबन्धनको जित सुनिश्चित रहेको बताए ।

भरतपुर महानगरपालिका वडा नम्बर ३ को निर्वाचन प्रचार प्रसार समितिको कार्यालय उद्घाटन गर्दै श्रेष्ठले जिल्लाको महत्वपूर्ण ठाउँ नारायणगढ देशकै नमुना सहर बनाउने उद्घोष गर्दै सडक व्यवस्थापन, आकासे पुल, बजार व्यवस्थापन लगाएतका काममा आफ्नो सकृय सहभागिता रहने बताए ।

जनताको समस्यालाई आफ्नै समस्या सम्झेर काम गर्ने बताउँदै श्रेष्ठले आफ्नो जितले कुनै कार्यक्रताले नाक खुम्चाउनु नपर्ने वातावरण तय गर्ने बताए । कालिकामा जन्मिएर ईच्छाकामनाको आर्शिवाद लिएर नारायणगढबाट राजनीति सुरु गरेको हुनाले हरेक मतदातासंग दोहोरो परिचय बनाउन सफल भएको बताउँदै उनले आफ्नो जितको आधार यहि भएको बताए ।

nepalpana

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *