Loading...
कांग्रेस, एमाले र माओबादि केन्द्रले जित्दैगर्दा देशले हार्न नपरोस.- नेपाली संघीय समाज जापान

तपाईंको भोट तपाइंको छोरी जस्तै हो, त्यसलाई गुण्डा लुटेरा हत्यारा भ्रस्टचारी होइन सज्जन र निस्कलंक उमेदवारहरुलाई दिनुहोस ।अब आउने चुनावमा आशा पनि निराशा पनि छ , सम्वृद्धि पनि छ बेथिति पनि छ , संस्कार पनि छ कुसंस्कार पनि छ , उज्यालो पनि छ अन्धकार पनि छ , नयाँ पनि छ पुरानो पनि छ । यो चुनाव तपाइंको मात्र हैन तपाइंको छोरा छोरीको भविस्यसंग जोडिएको छ । सडकसंग जोडिएको छ, अस्पताल , बिद्यालय रोजगारीसंग जोडिएको छ । कर्णालीको नुन जाजरकोटको सिटामोल रुकुमको दुइ छाक भात, पहाडको पहिरो र तराइको बाढी सित जोडिएको छ । समाजले आफ्नो औकात अनुसारको नेता छान्छ , महात्मा गान्धी नेल्सन मन्डेला बाराक ओबामा आकासबाट खसेका हैनन्, भगवान्ले ल्याएर थपक्क नेता बनाइदिएका हैनन्, त्यहि समाजले चुनेको हो छानेको हो मानेको हो । यो देश अब कुनै पुष्पकमल , केपी र सेरबहादुर ले बनाउने छैनन्, प्रमाणित भैसक्यो, यो देश बनाउने अब तपाईं हामिबिचको उपेन्द्र यादब अशोक राई युबराज कार्की हरु हुन् । र मुख्य कुरा यो देशको भलो चिताउने अब तपाईं एक्लो हुनुहुन्न, एकपल्ट आफ्नो बिबेक प्रयोग गर्नुहोस, जित तपाईंकै हुनेछ । कांग्रेस एमाले र मावोबादिले जित्त्दै गर्दा तपाईं हामीले हार्नु नपरोस । आउनुहोस अब पुराना राजनीतिक दलको झोला बिसाएर यो देशको चन्द्र सुर्य झण्डा बोकौँ । यो देश हाम्रो हो र हामी यो देशका हौँ । नेपालको लागि नेपाली । जय राष्ट्र ।। जय मसाल हिमाल पहाड तराइ जोडीन्छ नक्कली राष्ट्रवाद तोडिन्छ

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *