
नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले वाम गठबन्धनको दुर्इ तिहाइको सपना निर्वाचनको परिणामले चकनाचुर पारिदिने दाबी गरेका छन् । सुनसरीको इटहरीमा पार्टी प्रचारसम्बद्ध संस्था मिडिया सेन्टरको प्रदेश एक स्तरीय कार्यलय उद्घाटनका क्रममा गच्छदारले वाम घटकलाई जनताले विश्वास नगर्ने ठोकुवा गरे ।
‘निर्वाचनबाट बहुमत सिट प्राप्त गरि वामशक्तिको नेतृत्वमा सरकार बनाउने सपना चकनाचुर हुन्छ’, उनले भने, ‘लोकतान्त्रिक शक्तिकै जित सुनिश्चत छ, सरकार कांग्रेसकै नेतत्वमा बन्ने निश्चित छ ।’
उनले मोरङ, सुनसरीमा कांग्रेसले बहुमत सिट जित्ने समेत दाबी गरे । सुनसरीका ४ सिट मध्ये ३ मा कांग्रेसले सहज जित निकाल्ने र सुनसरी १ मा कांग्रेसले समर्थन गरेका संघीय समाजवादीका नेता असोक राईले सहज जित निकाल्ने ठोकुवा गरे ।
Facebook Comments