
२८ कात्तिक, भोजपुर । नेकपा एमालेका नेता शेरधन राईलाई लक्षित गरी बम आक्रमण भएको छ । आक्रमणबाट राईका अंगरक्षक घाइते भएका छन् ।
गोगनेको आमसभालाई सम्बोधन को लागि जादै गर्दा कोट र भोजपुरको सिमानामा रहेको पिखुवा खोला नजिकै गुम्बा मास्तिर उम्मेद्वार राइसहित नेता कार्यकर्ता चढेको गाडीमा बम हानिएको थियो ।
‘सिधै सिध्याउने हिसाबले बम प्रहार भयो’, राईले भनेका छन् , ‘धन्न बाचियो । असई साहेब घाइते हुनु भएको छ ।’
ट्याम्केमैयु गाउँपालिकामा आज दिउँसो १२ बजे आमसभा राखिएको थियो । त्यसलाई सम्बोधन गर्न जाँदै गर्दा उनीमाथि बम प्रहार भएको हो ।
बम प्रहारबाट आफू सामान्य घाइते भएको उनले बताएका छन्
फोटो रातो पाटि
Facebook Comments