Loading...
म्याग्दीमा कांग्रेस जिल्ला सभापति अम्बीर गर्बुजासहित उम्मेदवार चढेको गाडीमा बम विस्फोट

बेनी । म्याग्दीको बेनीमा नेपाली कांग्रेसका उम्मेदवार चढेको गाडीमा बम विस्फोट भएको छ ।

बेनी १ अर्जममा कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं जिल्ला सभापति अम्बीर गर्बुजासहित प्रदेश उम्मेदवार भीमप्रसाद गौचन, नगपालिकाका मेयर हरिकुमार श्रेष्ठ र उपमेयर सञ्जु बरुवाल चढेको गाडीमा अज्ञात समूहले मंगलबार दिउँसो बम विस्फोट गराएको प्रहरीले जनाएको छ ।

बम विस्फोटबाट गाडीमा क्षति पुगेको र कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । गाडीमा सवार उम्मेदवारसहित सबै सकुशल छन् । बम विस्फोटमा विप्लव माओवादीको हात रहेको आशंका गरिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *