Loading...
आज देखि रौतहटका सम्पुर्ण सामुदायिक बिध्यालय अनिश्चितका बन्द, शिक्षकहरु धर्नामा

। नरेन्द्र साह,रौतहट,२८ कार्तिक । रौतहटमा रहेका सम्पूर्ण विद्यालयहरु आज देखि अनिश्चितकालका लागि बन्द भएका छन् । सोमबार सदरमुकाम गौरमा पिडित शिक्षकहरु माथि प्रहरीले दुर्व व्यवहार प्रति आपति जनाउदैं आजबाट विद्यालयहरु बन्द गरिएको छ ।

रौतहट जिल्लाको राजदेवी नगरपालिका तथा यमुनामाई गाउँपालिकाका शिक्षकहरु पाच महिना देखि तलब भाता नपाए पछि सोको माँग जिल्ला प्रसासन कार्यालय गौर अगाडि धर्नामा बसिरहेका बेला प्रहरीले र्दुव्यवहार गर्दै धर्नामा बसेका दुई दर्जन भन्दा बढी शिक्षकलाई रौतहट प्रहरी पक्राउ थिए । यतिका दिन सम्म पनि तलब भाता नपाएको भन्दै पटक पटक गुनासो गर्दा पनि आफूहरुको कुरालाई बेवास्ता नगरेपछि सोमबार शिक्षकहरु धर्नामा बसेको थियो।

ज्ञापन पत्र बुझाउनका साथै बार्ता गर्न प्रमुख जिल्ला अधिकारी उदब बहादुर थापाको कार्य कक्षामा जाने बखत रौतहट प्रहरीले दुर्ववहार गरि पक्राउ गरेका थिए । कुनै ठुलो अपराध र मुद्दाको अभियुक्त झै आफुहरु प्रती व्यवहार गरेको शिक्षकहरुले घोर भ्रत्सना गरेको छ । भने माग पूरा नहुने जेल सम्म आज देखि रौतहटका सम्पुर्ण समुदायिक बिधालय अनिश्चितकालको लागि बन्द गरेको शिक्षक प्रभात कुमार झाले जनाएको छ । विद्यालय बन्द गरि जिल्ला भरिका शिक्षकहरु अहिले जिल्ला शिक्षा कार्यालय रौतहटमा शान्तिपुर्ण धारणा बसी रहेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *