Loading...
रौतहटको क्षेत्र १का नेपाली काग्रेसका उम्मेदवार यादव दलित बस्तीमा जनतासंग आर्शिवाद लिदैं

नरेन्द्र साह,रौतहट, २८ कार्तिक । नेपाली काँग्रेसका रौतहटका सभापति एवम नेपाली काँग्रेस रौतहटबाट क्षेत्र नं. १ का लागि प्रतिनिधी सभाका उम्मेदवार कृष्ण प्रसाद यादव मंगलबारबदलितबसीका जनताहरु माथ पुगेका छन् ।

नेपाली काँग्रेस प्रति रौतहटबासीहरुको उत्साह र चाहना बढदैं गई रहेका बेला नेता यादवले जनताहरुको घरघरमा पुगि बास्तविक समस्याहरु बुझने तथा तिनीहरुबाट आर्शिवाद लिने कार्यमा व्यस्त देखिएका छन् । रौतहटको सदरमुका गौर नगरपालिको वडा नं.८ को पुरनेवा तथा खास रुपमा दलितबस्ती भनेरै चिनिने कुडवा ( ढागरटोल) मा पुगि सबै जनताहरुसंग नेपाली काँग्रेसलाई सहयोग गर्न अपिल गरेका छन् ।

सभापति यादवसंगैं नेपाली काँग्रेसबाट रौतहट क्षेत्र नं. १ क को प्रदेश सभाका उम्मेदवार नागेन्द्र साह, राजदेवी नगरपालिकाका मेयर धिरेन्द्र कुमार सिंह, गौर नगरपालिका वडा नं. ८ का नवनिर्वाचित वडा अध्यक्ष जर्नाधन साह, क्षेत्र नं. १ का प्रचार प्रसार समिति संयोजक श्रीराम राय यादव लगायतका सयौं नेता तथा कार्यकर्ताहरु घरदैलो कार्यक्रममा सहभागि रहेका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *