Loading...
रौतहटमा नेपाल विधुत प्राधिकरणको चुहावट टोलीले १७ वटा विधुतीय सामान गरे बरामद
नरेन्द्र साह। रौतहट । २९ कार्तिक नेपाल विधुत प्राधिकरण रौतहट शाखाको विधुत चुहावत नियंत्रण टोलीले जिल्लाको विभिन्न ठाउँमा छापामारी गर्दै १७ वटा विधुतीय सामान बरामद गरेका छन । रौतहट जिल्लाको विभिन्न ठाउँमा व्यापक रुपमा विधुत चुहावट भईरहदा पनि सम्वन्धित निकाय मौन बसेको भनी विभिन्न संचार माध्यमवाट समाचार प्रसारण भए पछि प्राधिकरणका चुहावट टोली स्थानीय राजपुर फरहदवा, रामपुर खाप, घिउरा, मनसरी, जटहरा, लतमरि, बैरिया, फतुवामहेशपुर, बलुवा र गौर नगरको फ़ौरनगुड्समा छापामारी गरेका थिए । प्राधिकरणका इन्जिनियर राजीव साहको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको गएको संयुक्त टोली हुकिंग गरी विधुत चुहावट गरी रहेको अवस्थामा पानी तान्ने मोटर १२ थान, स्टेब्लाइजर १ थान, वेल्डिंग मशीन १ थान, टेप रेकार्डर १ थान, इन्भर्टर १ थान, फ्रीज १ थान र २ गाड़ी तार बरामद गरेको प्राधिकरण कार्यालय गौरले जनाएको छ । बरामद भएको समानहरु कार्यालयमा राखिएको छ । नेपाल विधुत प्राधिकारले नियमित रुपमा चेकजांच न गर्दा रौतहटमा विधुत चोरी बढेको हो । यसको प्रत्यक्ष प्रमाण सहित राजदेवी एफ एमले केही दिन पहिला भण्डाफोर गरेको थियो । सदरमुकामको मुख्य सडकमै निर्माण भईरहेको एक घरमा महिनौ देखि हुकिगं गर्दै आएपनि टोलीले पक्राउ गर्न सकेका थिएन । राजदेवी एफ एमको पेजमा समाचार सम्प्रेसन भएको दुई दिनपछि मात्र टोलीले कार्यवाही गर्न सकेको हो कार्यवाहीको लागि टोलीले समान बरामद गरे लगतै जनप्रतिनिधीको सिफारिस शाखा प्रमुख निर पुगेको खुलेको छ । अब शाखा प्रमुखले जनप्रतिनिधीको निर्देशन बमोजिम समान छाडने हुन कि नियम अनुरुप जरिवाना गर्ने हुन त्यो हेर्न बाकी रहेको छ । शायद त्यही पैरवीको कारण हो कि फौरनगुड्स जस्तो व्यस्त बजारमा महिनौ देखि खुल्लेयाम हुकिग भईरहेको थियो ।।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *