
नरेन्द्र साह,रौतहट । कार्तिक २९ गते । चुनावको बेला समाजिक संजाल मार्फत उम्मेदवारहरुको चरित्रहत्या गर्ने देखि बदनाम गर्ने तत्वहरु सकृय भएका छन । स्थानीय चुनावबाट शुरु भएको यो गतिविधी आसन्न प्रदेश सभा र प्रतिनिधीसभाको चुनावमा पनि जारी रहेको छ । यस्ता गतिविधीमा संलग्न व्यक्ति न त कुनै पार्टीका कार्यकर्ता हुन न त राजनितिक विश्लेषक, उनिहरुको एउटै उदेश्य हो पैसा । स्थानीय चुनावमा एक मेयर उम्मेदवारको बारेमा फोटो सहित जथाभावी लेखेर बदनाम गराउने देखि चरित्रहत्या समेत गर्न भ्याएका सो गिरोहले चुनाव नजिकिदै जादा हाते पम्पलेट बाडदै उनका विरुद्ध भ्रम श्रृजना गर्न सफल समेत भए । शायद त्यो उम्मेदवारको हारको कारण मध्ये प्रमुख कारण त्यो पनि हो । त्यती बेला मधेशवादीको नाराको आडमा उनले चालेको गतिविधीलाई मधेशवादी दलहरु खुशी हुदै उनको कार्यलाई रुचाएका पनि थिए । तर आसन्न प्रदेश सभा र प्रतिनिधीसभा चुनावमा उनि त्यही मधेशवादी दलका उम्मेदवारहरुको चरित्र हत्या गर्न शुरु गरेका छन । कहिले राजपा फोरम नेपालका साझा उम्मेदवार राजपा अध्यक्ष मण्डली सदस्य अनिल झा उनिहरुको शिकार भईरहेका छन भने कहिले राजपाकै प्रदेश सभा उम्मेदवार । आखिर किन हिजोसम्म मधेशवादी दलको नारा लगाउने गिरोह अचानक उनिहरुकै बिरोधमा उत्रिए । कारण अनुमान लगाउन गाह्रो न होला । एक पोस्टमा उनि आफ्नो जातीय समिकरणमा सामिल भएको फोटो राखेर कांग्रेसको गुणगान समेत गरेका छन । त के उनि कांग्रेसी छन त यो पनि भन्न गाह्रो न होला । हाल जातीय सम्मिकरणमा व्यस्त ती व्यक्ति कथित रुपमा कांग्रेसको पक्षमा लेखिरहेका छन । यसको कारण रौतहटको १ को क र ख मा उनकै स्वजाती चुनाव लडदैछन । शायद जातीय सम्मिकरण नै उनको मधेशवादी उम्मेदवार प्रतिको विरोध त हैन यो अनुमान लगाउन सकिन्छ तर प्रतिनिधीसभामा अनिल झाको बिरोध कुन कारणले गर्दै छन यो बुझ्न अलि कठिन छ । जानकारहरुको कुरा मान्ने हो भने मोटो रकमको लोभमा परेर नै उनि एकातिर आफ्नो जातीय प्र.स उम्मेदवारलाई समर्थन गरिरहेका छन भने अर्को तिर झाको बिरोध । समर्थन र बिरोध राजनितिक हिसाबले सही भएपनि कसैको ईसारामा कसैको चरित्रहत्यासम्म गर्नु अपराध ठहरिन्छ । यस्ता तत्वलाई प्रसाशनले कानुनी दायरामा ल्याउनु आवश्यक देखिन्छ । नत्र लोकतंत्रको आडमा यस्ता पाखंडीहरुले जो पाए त्यसलाई बदनाम गर्न कोई कसर बाकी राख्दैन । सर्वसधारणहरुले समेत सोच्नु पर्यो आखिर स्थानीय चुनावमा मधेशवादीको पक्षमा उभिएका ती व्यक्ति किन अहिले मधेशवादी दल प्रतिनिधीकै बिरोधमा उत्रेका छन । कुरो प्रष्ट छ जो भर्छ हाडी त्यसकै गुणगानी
Facebook Comments