Loading...
रौतहटमा बागी उमेदवार कलाम उपर कार्यवाही गर्ने राजपाको निर्णय

नरेन्द्र साह। रौतहट । २९ कार्तिक । राष्ट्रिय जनता पार्टी नेपाल जिल्ला कार्य समिति रौतहटले पार्टीको विपरीत उम्मेदवारी दिएका अव्दुल कलम आजाद उर्फ शेख फूलबाबू तथा समर्थनमा खुलेयाम प्रचार प्रसार गर्दै गरेका केंद्रीय सदस्य राजकुमार दास तत्मा ऊपर कार्यवाही गर्ने निर्णय गरेका छन । जिल्ला संयोजक शेख जमशैदको अध्यक्षतामा संपन्न बैठकले पार्टीको निर्णय विपरीत बागी उमेदवार कलमले आफ्नो बैनरमा राजपा नेपालको बागी उमेदवार लेखी प्रचार प्रसार गरिरहेको हुदा कार्यवाहीको लागि मुख्य जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिने निर्णय गरेको संयोजक शेख जमशैद द्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ । विज्ञप्तिमा केन्द्रीय सदस्य रौतहट निर्वाचन क्षेत्र नंबर ४ को प्रदेश सभा ख बाट बागी उम्मेदवार शेख फूलबाबूको पक्षमा खुलेयाम प्रचार गर्दै गरेका केंद्रीय सदस्य दास ऊपर कड़ा कार्यवाही गर्नका लागि केंद्रीय कार्यालयमा सिफारिस गर्ने लेखिएको छ । पार्टीका साधारण सदस्य समेत न रहेका सुरेन्द्र पटेलले राजपाको जिल्ला सचिव रहेको भनी गलत प्रचार गरिरहेको विज्ञप्ति मार्फत सवैलाई जानकारी गराइएको छ । यता केन्द्रीय सदस्य दासले समाजिक संजाल मार्फत पार्टीको जिल्ला संयोजक पदबाट शेख जमसैदको 30 दिन अगाडी नै म्याद सकेको र हाल संयोजक समेत नरहेको दावी गरेका छन । उनले बिना जानकारी अध्यक्ष मण्डल समेतको बैठक नबसी जमसैदले आफु खुसी प्रेस विज्ञप्ति जारी गरेको प्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन । साथै उनले प्रेस विज्ञप्ति नसच्चयाए पार्टीलाई भोली लिखित रूपमै शेख जमसैदलाई करवाईको माग गर्ने जानकारी समेत गराएका छन । प्रदेश सभा सदस्य पदमा चुनाव लड़ने तयारीमा रहेका दासले टिकटको लागि पार्टी केंद्रीय कार्यालय सम्म दौड़धूप गरेपनि पार्टीले टिकट न दिएपछि पार्टीका घोषित उम्मेदवारलाई हराउने उदेश्यले फूलबाबूलाई बागी उमेदवार बनाएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *