Loading...
रौतहटको रामपुर खाप र बंकुल नाका नै तस्करहरुको अड्डा

नरेन्द्र साह, रौतहट कार्तिक २९ । रौतहटको पश्चिम दिशामा पर्ने सिमा नाकाहरुबाट तिब्र रुपमा तस्करी भइरहेको सामाचार श्रोतले जनाएको छ । भारतीय सिमाना पर्ने रामपुर खाप, बंकुल नाकाबाट खैनी, मेशिनरी पाटपुरजा, कपडा र विभिन्न साद्यान्न सामाग्रीहरुको भारी मात्रामा तस्करी भइरहेको श्रोतले दाबि गरेको हो । तस्करहरुसँगको रकमी लेनदेनको लोभमा जवानहरुले लाखौं सरकारी कर छल्न सघाईरहेको श्रोतले जनाएको छ । यस सन्दर्भमा रामपुर खाप र बंकुल चौकीका प्रमुखसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *