
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण सम्झौता खारेज निर्णयमा कडा आक्रोश पोखेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नियमविपरित र हचुवाका भरमा निर्माण जिम्मा दिएको आइतबार क्याविनेटबाट सम्झौता रद्ध गरिदिएका थिए । सम्झौता रद्ध भएपछि प्रचण्ड आक्रोशित बनेका हुन् ।
माओवादी स्रोतका अनुसार तत्कालिन प्रधानमन्त्री प्रचण्डले ठूलो कमिसन (जुन चुनावी खर्च थियो)मा कालोसूचीमा परेको चिनियाँ कम्पनी गेजुवालाई बुढीगण्डकी निर्माणको जिम्मा सुम्पिएका थिए । चुनावको मुखैमा उक्त कमिशन रोकिएपछि प्रचण्ड चिन्तित भएका छन् ।
यसैक्रममा बुधबार चितवनमा आयोजित कार्यक्रममा आक्रोश र भावुक मुडमा प्रस्तुत भएका प्रचण्डले चिनियाँ कम्पनीसँग आफूले गरेको सम्झौता खारेज गरेर सरकारले गल्ती गरेको बताए । आफूहरु मुख्य घटक भएपनि सरकार एकलौटी रुपमा चलेको भन्दै उनले असन्तुष्टि जनाए ।
धेरै मेहनत गरेर बुढीगण्डकी आयोजनामा सम्झौता गरिएको र यो सफल हुँदा आर्थिक क्रान्ति नै हुने अवस्था रहेको भन्दै उनले भने, ‘एकलौटी ढंगले खारेज गरिएको छ । यो सरकार आर्थिक विकास र सम्बृद्धितिर होइन, निकै संकीर्ण राजनीतिक स्वार्थ र पूर्वाग्रहमा चलेको छ भन्ने प्रमाण हो ।’
उनले अघि भने, चीन सरकारका प्रतिनिधिसमेत बसेर गरेको सम्झौता हो । त्यो खारेज गरेर गलत गरेको छ ।’
प्रचण्ड सरकारको अन्तिम समयमा १२ सय मेघावाट क्षमताको बुढिगण्डकी जलविद्युत आयोजना निर्माण गर्न गेजुवा कम्पनीलाई दिने निर्णय गरेको थियो । तर, संसदीय समितिले निर्देशन दिएको भन्दै देउवा सरकारले हालै मात्र सम्झौता खारेज गरेको छ ।
Facebook Comments