Loading...
बाम गठबन्धन बाहुनहरुको गठबन्धन हो, त्यो गठबन्धनले देशलाई संकटमा पार्छ: अशोक राइ

सुनसरी । नेकपा एमालेका एक जना पूराना नेताले वाम गठबन्धनविरुद्ध खरो टिप्पणी गरेका छन् ।

लामो समय नेकपा एमालेमा बसेर राजनीतिक गरेका संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले वाम गठबन्धनलाई बाहुनहरुको गठबन्धन भनेका हुन् ।

नेता राईले नेताहरुको प्रमुख नेताहरुको नामै किटेर गठबन्धनमा बाहुनहरु मात्र रहेकाले यो बाहुनको गठबन्धन भएको र मधेसको हितमा नरहेको स्पष्ट पारे । राईले यसरी गठबन्धनको चरित्र उदाङ्गो पारिदिएपछि मधेसी जनता आश्चर्यमा परेका थिए ।

सुनसरीस्थित आफ्नो निर्वाचन क्षेत्रमा घरदैलोका क्रममा आयोजित समारोहमा राईले वाम गठबन्धन बाहुनहरुको गठबन्धन भएको र यो देशलाई संकटमा पार्न बनाइएको दाबी गरे ।

‘मधेस र मधेसीको, नेपाल र नेपालीको हितमा नरहेको वाम गठबन्धनलाई भोट दिनुहुन्न्,’ उनले भने– ‘देश बनाउने, विकास गर्ने लोकतान्त्रिक गठबन्धनलाई जिताउनुस् ।’ राई बोल्दा कार्यक्रममा तालीको वर्षा भएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *