Loading...
एमालेका नेता राजेन्द्रप्रसाद पाण्डे यसरी भए घाईते, थप उपचारकालागि काठमाडौँ ल्याइयो

धादिङ । डा गोविन्द केसीका कट्टर आलोचक एवं नेकपा एमालेका नेता राजेन्द्रप्रसाद पाण्डे चुनावी अभियानका क्रममा लडेर घाईते भएका छन् ।

धादिङको धुनिबेशी नगरपालिका – ७ तोप्लाङमा घरदैलो अभियान सकि मजुवा लिखुतर्फ जाँदै गर्दा बाटोमा चिप्लीएर लडेको पाण्डेका स्वकिय सचिव दिनेश घिमिरेले जानकारी दिए ।

घाईते भएका पाण्डेको नौबिसेमा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरी थप उपचारका लागि काठमाडौँको मनमोहन मेमोरियल शिक्षण अस्पतालमा लगिएको छ ।

पाण्डे धादिङको प्रतिनिधि सभा क्षेत्र नं १ को प्रदेशसभा तर्फ क्षेत्र नम्बर १ बाट मंसिर १० गते हुने निवार्चनका उम्मेदवार हुन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *