Loading...
फोरम नेपालको चुनाव प्रचार देशब्यापीरुपमा तीब्रगतिले बढ्दै, चारजना समाजसेवी पार्टीमा प्रबेश

सप्तरी (वीरपुर) ३०, कार्तिक । चुनाव प्रचारलाई देशब्यापी रुपमा तीब्र पारेको संघीय समाजवादी फोरम नेपालमा चार जना समाजसेवी पार्टी प्रबेश गरेका छन । राजविराजका सपना सिंह, शोभा सिंह, लक्ष्मी गिरी यादव र रञ्जन अधिकारी पार्टी प्रबेश गरेका हुन । राजविराजको छिन्नमस्ता गाऊँपालिका वड़ा न.१ वीरपुरमा घरदैलो अभियानका क्रममा बिहिबार उनीहरुले फोरम नेपाल प्रबेश गरेका छन । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले टीका र माला लगाएर उनीहरुलाई पार्टीमा प्रवेश गराएका हुन । घरदैलो अभियानमा रहेका अध्यक्ष यादवलाई भेट्न उनीहरु वीरपुर पुगेका थिए । फोरम नेपालको नीति, सिद्धान्त र एजेन्डासँग प्रभावित भएर पार्टी प्रबेश गरेको प्रतिक्रिया दिए । पार्टी प्रवेशका क्रममा वीरगंजका पूर्व मेयर प्रदीप कुमार यादव, सप्तरी क्षेत्र न. २(क) का प्रदेश सभा सदस्यका उम्मेदवार शैलेन्द्र साह, भीमा यादव, रामप्रसाद यादव, शिव भट्टराईको उपस्थिति रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *