Loading...
मधेशविरोधी एमालेसँग माओवादीले बाम गठबन्धन बनाएपछि मधेशी आक्रोशित: बाबूलाल साह

नरेन्द्र साह, रौतहट, ३० कार्तिक । संघीय फोरम र राजपा नेपाल गठबन्धनबाट क्षेत्र नम्बर १ को क प्रदेश सभा सदस्यको उम्मेदवार बाबूलाल साहले राज्यले मूल धारबाट अलग राखिएका मधेशी, दलित, मुस्लिम, अल्पसंख्यक, पिछडावर्ग, जनजाति आदिवासीको अधिकार सुनिश्चित गराउनका लागि उम्मीदवारी दिएको बताएका छन् । प्रदेशसभा क्षेत्रको चुनाव प्रचारमा तीव्र रुपमा लागेका उम्मेदवार साहले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भई नयाँ संरचनामा मुलुक गइसकेकोले २ नम्बर प्रदेशलाइ समृद्ध प्रदेश बनाउने लक्ष्य भएको बताए । साहले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको विगतको कार्य देखेर मधेशमा नकारात्मक सोच रहेको बताउँदै मधेशमा मधेशी दलका गठबन्धनको बहुमत आउने दाबी गरे । संविधान संशोधनमा सकारात्मक भूमिका निर्वाह गरेका नेकपा माओवादीप्रति मधेशीको सहानुभूति देखिएपनि मधेश विरोधी सोच बोकेका एमालेसँग एकता गरेर बाम गठबन्धन बनाएको कारण माओवादीको रबैयाप्रति मधेशी जनता आक्रोशित भएको उम्मेदवार साहले उल्लेख गरे । एमाले र माओवादीले १ करोड़ ८० लाख जनसंख्या भएका मधेशी जनजाति आदिवासीलाई मूलधारबाट बाहिर राखेर शोषण दमन गर्ने गरेको कार्यको मधेशी जनताले मतबाट जवाव दिएर छाड्ने ठोकुवा गरे ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *