Loading...
लोकतान्त्रिक गठबन्धन कसैका विरुद्धमा नभएकाले कोही पनि तर्सनु नपर्ने – कमल थापा

हेटौडा, ३० कात्तिक (रासस)  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लोकतान्त्रिक गठबन्धन मुलुकको समग्र आर्थिक विकास र द्रुततर आर्थिक प्रगतितर्फ केन्द्रित भएको बताउनुभएको छ ।

हेटौडा उपमहानगरपालिका–४ को कर्रामा विहिबार आयोजित सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो – “जनताको चाहना, भावना र सपनालाई पूरा गर्न लोकतन्त्रिक गठबन्धनले आगामी निर्वाचन जित्नु आवश्यक रहेको छ ।”

उपप्रधान तथा ऊर्जामन्त्रीसमेत रहनुभएका अध्यक्ष थापाले लोकतान्त्रिक गठबन्धन कसैका विरुद्धमा नभएकाले कोही पनि तर्सनु नपर्ने बताउँदै एक्काइसौँ शताब्दिमा लोकतन्त्रको विकल्प नभएको धारणा व्यक्त गर्नुभयो ।

सर्वसत्तावादको अभ्यास वाम गठबन्धनबाट हुन खोजे त्यो नेपाली जनतालाई स्वीकार्य हुदैन्, उहाँले भन्नुभयो – राष्ट्रियता संरक्षण, प्रजातन्त्रको सदृढीकरण र मुलुकको आर्थिक समृद्धिका लागि लोकतन्त्रवादी एक भएको छ ।”

मकवानपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका अध्यक्ष थापाले विहीबार विभिन्न गाउँपालिका र हेटाँैडा उपमहानगरपालिकाको विभिन्न वडामा आयोजित चुनावी सभालाईसमेत सम्बोधन गर्नुभएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *