Loading...
माओबादिसंग ओलीको रिस कायमै, एकताको नाममा भित्रभित्रै माओबादि सिध्याउने यस्तो छ खेल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घुमाउरो भाषामा माओवादी केन्द्रलाई भोट नदिन आह्वान गरेका छन् ।

स्याङ्जामा भएको वाम गठबन्धनको आमसभालाई सम्बोधन गर्दै ओलीले माओवादीलाई विदेशीसँग झुक्ने पार्टीको संकेत गर्दै भोट नदिन आग्रह गरे ।

तत्कालिन अवस्थामा सरकार हुँदा साथ छाडेर कांग्रेसतिर गई आफूलाई राजीनामा गर्न बाध्य पारेको माओवादीसँगको रिस ओलीमा अझै कायमै छ । उतिबेला भारतको इशारामा कांग्रेससँग टाँसिएको र विदेशीसँग लम्पसार परेको आरोप लगाएका ओलीले एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन भएको अवस्थामा माओवादीलाई विदेशीसँग झुक्ने पार्टीको संज्ञ दिँदै भोट नदिन आग्रह गरे ।

‘वाम गठबन्धनले राष्ट्रिय स्वाधिनता बचाउँछ । म मतदाताहरुलाई भन्न चाहन्छु विदेशीसामु झुक्नेलाई भोट नदिनुस्,’ ओलीले भने । ओली आफू पदबाट बाहिरिएपछि प्रचण्डलाई भारतीय दलाल समेत भन्थे । र, आज उनले माओवादी भोट नदिन घुमाउरो भाषाको प्रयोग गरे । आफ्नो पार्टीलाई विदेशीसँग झुक्ने भनेपछि माओवादी केन्द्रका नेता ओलीको बोलीप्रति फायर भएको बताइएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *