Loading...
मंसिर ८ गते नेपाल बन्द हुने ! बिरोध गर्नेले त्यहिदिन साझमा भौतिक कारबाहीमा पर्ने

काठमाडौँ। नेपाल बन्द भनेको धेरै भैसकेको अबस्था मा फेरि चुनाब लाइ लक्षित गरेर नेपाल बन्दको आहवान भएको छ अर्थात फेरि नेपाल बन्द हुने भएको छ ।

पुर्व माओवादी जनमुक्ति सेनाले मंसिर ८ गते नेपाल बन्द आह्वान गरेका छन्। जसले यो बन्दको बिरोध गर्छ, त्यही बेलुका उसमाथि भौतिक कारवाही गर्ने धम्की दिएको छ । यस्तो बन्द नेपालमा पहिलोपल्ट हुन लागेको हो । यो भन्दा आतंक अरु के होला ? कतिपय जरुरी काममा निस्केलान्, कतिपय अस्पताल अथवा औषधि किन्न दौडेलान् ।

कतिलाई जीवन धान्ने समस्या होला । के बन्द भनेपछि बन्दी भएर बस्नु ? नबसेर के गर्ने ? साँझ भौतिक कारवाही हुन्छ भनेर धम्क्याएपछि । ज्यान माया मारेर निस्कने कि बन्दको समर्थन गर्ने ? लोकतन्त्रमा यस्तो दिन पनि देख्न पाइने भयो । साभार : न्युज अभियान

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *