
१ पुस, नुवाकोट । नुवाकोट क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार डा. रामशरण महतलाई लक्षित गरी शक्तिशाली एम्बुस विष्फोट भएको छ । बिष्फोटमा परी ५ जना कांग्रेस कार्यकर्ता घाइते भएका छन् । उनीहरू मध्ये ३ जनालार्इ हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ भने समान्य घाइते २ जनाको स्थानीय अस्पतालमै उपचार गरिएको प्रमुख जिल्ला अधिकारी जदिशराज बरालले बताउनु भएको छ ।
बम विस्फोटमा परेको गाडी उत्तानो परेर पल्टिएको छ भने सडकमा ठूलो खाल्डो भएको छ । ‘सडकमा ठूलो खाल्डो भएको छ । उम्मेदवार डा. रामशरण महतले भाग्य ले बचेको प्रतिक्रिया दिएका छन् भने एम्बुस बारेमा बिप्लव ले नभएर बिपक्षी ले गरेको आरोप समेत लगाएका छन् ।
Facebook Comments