
वीरगन्ज २ मंसिर – कुनै बेला नेपाली काँग्रेसको गढ मानिएको पर्साको बेल्वाका तीन सय जना काँग्रेसीहरु पार्टी परित्याग गरी संघीय समाजवादी फोरम नेपालमा प्रवेस गरेका छन् । पछिल्लो समयमा वडा नम्बर ३१ को रुपमा साबिकको बेल्वा गाबिस वीरगन्ज महानगरपालिकामा गाभिएर अहिले पर्सा निर्वाचन क्षेत्र नम्बर १, प्रदेश सभा क्षेत्र १ मा पर्छ । काँग्रेसलाई हरेक निर्वाचनमा अग्रता दिलाउदै आएका दिग्गजहरु पार्टीभित्र आन्तरिक काँखापाखा र नेताहरुको स्वार्थलिप्साका कारण पार्टी परित्याग गरेर फोरमको सदस्यता ग्रहण गरेको प्रतिक्रिया दिएका छन् ।
नेताहरुमा अभय कुमार दास र अलि असगर लगायतको अगुवाईमा शनिवार विहान फोरम नेपालमा शेख नसिम, संजय चौरसिया, विष्णु यादव, शेख वसी अख्तर, शेखइब्राहिम अन्सारी, शेखसमिम अन्सारी, लक्ष्मी दहित थारु लगायतका अगुवाहरु फोरम नेपालमा भित्रिएका हुन । उनीहरुसंग करिब ३ सय जनाले फोरम नेपालमा पार्टी प्रवेश गरेको नेता दासले बताए । यसअघि बेल्वामा काँग्रेस बलियो रहेकोले गत स्थानीय तह निर्वाचनमा अरु धेरै ठाउँ निराश भएको काँग्रेसले सो वडामा जित हात परेको थियो । शनिवार बिहान भएको पार्टी प्रवेसपछि त्यो ठाउँमा आफुहरु काँग्रेसभन्दा निकै मजबुत भएको फोरम नेताहरुले बताए ।
पार्टी प्रवेस तथा स्वागत कार्यक्रमका प्रमुख अतिथी संघीय समाजवादी फोरम नेपालका तराई मधेस प्रदेश कोषाध्यक्ष रहेका वीरगन्ज महानगरका प्रमुख (मेयर) विजय सरावगीले पार्टीका आएकाहरुलाई टिका माला लगाएर स्वागत गरे । उक्त अवसरममा पार्टीका पर्सा जिल्ला अध्यक्ष तथा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका उम्मेदवार रहेका प्रदीप यादव, सो क्षेत्रको प्रदेस सभा सदस्य क्षेत्र २ बाट फोरमका उम्मेदवार रहेका नेता जन्नत अन्सारी नेताहरु सुलेमान अन्सारी, जितेन्द्र यादव, भिखारी मियाँ, परवेज अन्सारी लगायतको उपस्थिती थियो ।
Facebook Comments