
बर्थडे पार्टी चलिरहेका बेला घरको एउटा कोठाको बन्द ढोकाभित्रबाट युवती आत्तिएर चिच्याएको आवाज आयो । पार्टीमा रमाइरहेकाहरु एकाएक रोकिए र कोठातिर गए । ढोका खोलेर हेर्दा बर्थडे पार्टीमा आएका दुई साथीहरुले एक युवतीलाई बलात्कारको प्रयास गरेको पाइएको छ ।
भारतको इन्दौरको इन्द्रानगरमा भइरहेको पार्टीमा ती दुई साथीहरुले पार्टीकी इभेन्ट म्यानेजर युवतीलाई नै बलात्कार गर्ने कोसिस गरेका हुन् । घटनालगत्तै सूचना पाएर घटनास्थल पुगेको प्रहरीले दुवै अभियुक्तलाई पक्राउ गरेको छ । ती युवतीका अनुसार उनी इभेन्ट म्यानेजर थिइन् । उनलाई पार्टीको व्यवस्थापनको लागि बोलाइएको थियो । पार्टीका क्रममा एक युवकले यनलाई कोल्ड ड्रिंकमा मदिरा मिसाएर खुवाएका थिए । केही समयपछि दुई युवकले उनीसँग जबरजस्ती गर्न थाले । उनले विरोध गर्दा ती दुई युवकले नमानेपछि उनले हल्ला गरिन् । गोपाल र प्रशान्त नामका ती दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
nayapusta.com
Facebook Comments