Loading...
मधेसीप्रतिको जनलहर देखेर मधेस विरोधी दलहरु जिउदो लाश बनेको छ – प्रदीप यादव

वीरगन्ज, मंसिर २ – संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष एंव पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्यका लागि फोरम नेपाल र राजपा गठबन्धनका उम्मेदवार प्रदीप यादवले मधेसी गठबन्धन प्रतिको जनलहरले मधेस विरोधी दलहरु अत्तालिएको बताउनु भएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीमा आज बिहान भएको चुनावी घरदैलो कार्यक्रममा यादवले मधेस विरोधी दल र नेताहरुको चरित्र उदाङगो भइसकेको भन्दै आसन्न चुनावका लागि मधेसी गठबन्धन प्रति मधेसी जनताको बढ्दै गएको जनलहरले विरोधी दलहरुको होश हवास उडेको दाबी गर्नु भयो ।

फोरम नेपालको बढ्दो लोकप्रियताले हताश मानसीकतामा पुगेका काँग्रेस , एमाले र माओवादी केन्द्रका नेताहरुले जनतालाइ भ्रममा पार्न अनेक अनाप सनाप बक्दै हिडेको भन्दै उम्मेदवार प्रदीप यादवले अबम मधेसी जनता बहुरुपिया दल र उम्मेदवारको ललीपपमा नफस्ने बताउनु भयो ।

मधेसी गठबन्धनले जिते मात्र मधेसको माग संविधानमा सुरक्षित हुने कुरा मधेसी जनताले राम्ररी बुझीसकेको भन्दै उहाले आसन्न निर्वाचनमा अत्याधिक मतका साथ मधेसी गठबन्धनका उम्मेदवारहरुलाइ जिताउन आग्रह पनि गर्नु भयो ।

चुनावी घरदैलो कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ को क (१) मा विधायक पदका उम्मेदवार जन्नत अन्सारी, ख (२) का उम्मेदवार लालबाबु राउत गद्धी, वीरगन्ज महानगरपालिकाका नगर प्रमुख (मेयर) एवम् पार्टीका मधेस प्रदेश कोषाध्यक्ष विजय कुमार सरावगी, राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का सहमहासचिव निजामुदिन समानी, फोरम नेपालकी केन्द्रिय सदस्य एवम् पुर्व मन्त्रि रिमा बेगम, फोरम नेपालका जिल्ला उपाध्यक्ष सुन्दर प्रसाद कुर्मी, वडा नम्बर १२ का वडा अध्यक्ष रामदरश कुशवाहा, वडा नम्बर १३ का वडा अध्यक्ष तुफान फारुक अन्सारी, नेताहरु नेक महम्मद अन्सारी, युवा नेताहरु इश्वर यादव, दिपराज बर्मा, प्रकाश शर्मा, सरफराज अन्सारी, रोहती वर्णवाल, कुन्दन सिंह कुर्मी, निरज साह कानु, निखिल वर्णवाल लगायतका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *