Loading...
प्रचण्ड पुत्र प्रकाश दाहालको निधन, नर्भिक अस्पताल वरिपरि पुलिस र आफन्तको भिड र रुवाबासी

३ मंसिर, काठमाडौं ।नेकपा माओबादि केन्द्रका अध्यक्ष तथा पूर्ब प्रधानमन्त्रि पुष्प कमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । दाहालको निधन भएको औपचारिक घोषणा गरिएको छैन । केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गरेर जानकारी गराउने अस्पतालले जनाएको छ ।

दाहाललाई आज बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । माओवादी अध्यक्ष प्रचण्ड झापा बाट अहिले हेलिकोप्टरबाट काठमाडौं फर्किँदैछन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *