
३ मंसिर, चितवन । नेकपा माओबादि का अध्यक्ष तथा पूर्ब प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको निधनपछि वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले चितवनमा चुनाव प्रचारप्रसारका कार्यक्रम स्थगित गरेका छन् ।
माओवादी अध्यक्ष प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् ।
माओवादी केन्द्र चितवनले जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा आज चुनाव प्रचारको कार्यक्रम स्थगित भएको जनाएको छ । आज क्षेत्र नम्बर २ अन्तर्गत भरतपुर महानगरपालिकाको वडानम्बर ५ मा घरदैलो तथा प्रचार प्रसारको कार्यक्रम राखिएको थियो ।
पाँच गतेको कार्यक्रमसमेत स्थगित भएको गठबन्धन ले जनाएका छन्
Facebook Comments