
चितवन । नेकपाका चितवन जिल्ला ईन्चार्ज लालबहादुर बिसीलाई प्रहरीले गिरफ्तार गरेको छ । चुनाव विराेधी गतिविधि गरेको अाराेपमा उनलाई गिरफ्तार गरेको हो । चुनाव बिथोल्ने गतिविधिमा लागेको आशंकामा बिसीलाई पक्राउ गरेर ल्याएका हौं चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रभु ढाकालले बताउनु भएको छ । उहाँको साथबाट चुनाव विरोधीसम्बन्धी कागजात पनि फेला परेको छ’ डीएसपी ढकालले भन्नु भयो , ‘अरु थप विषयबारे अनुसन्धान भइरहेको छ ।’ बीसीको गिरफ्तारीको भत्सर्ना गर्दै बिनासर्त इन्चार्ज बीसीलाई तत्काल रिहाई गर्न नेकपा चितवनले माग गरेको छ । रिहाई नगरे कडा संघर्षको घोषणा गर्ने चेतावनी नेकपा चितवनले जनाएको छ ।
Facebook Comments