Loading...
जनकपुरमा राजपा नेपालका युवा नेता माथि हमला, गम्भीर अवस्थामा काठमाण्डौ लगियो

निधिका निकट मानिने जीवनाथ चौधरीमाथि हमला गराएको आरोप
जनकपुरधाम/राजपाका युवा नेता प्रकाश मिश्रा माथि शनिवार अबेर राति जान्लेवा हमला भएको छ | पार्टीका नेता राजेन्द्र महतोको चुनाव प्रचार सकाएर घर फर्किने क्रममा रमण चोक नजिकै मिश्रा माथि चक्कु प्रहार भएको बताइएको छ| पेटको देब्रे भागमा चक्कुले प्रहार गर्दा अत्यधिक रक्तस्राव भएकोले गर्दा उनको अवस्था अत्यन्तनै चिन्ताजनक भएको जनकपुर अंचल अस्पतालका चिकित्सकले जानकारी दिएका छन्|
गम्भीर घाइते भएका मिश्राको अवस्था चिन्ताजनक भए पछि उनलाई तत्काल काठमाण्डौको नर्भिक अस्पताल लागिएको छ | घाइते मिश्राको अवस्था बुझ्न राजपा नेता राजेन्द्र महतो तत्काल अस्पताल पुगेर उनको अवस्था बुझेका थिए| महतो भेट्न जाँदा घाईते मिश्राले आफु माथि जीवनाथ चौधरीले हमला गराएको तर आफु उक्त हमलाबाट नडराएको बताए|
प्रकाश मिश्राका पिताले संचारकर्मीहरुसंग कुरा गर्दै नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिका अति निकट मानिने जीवनाथ चौधरीले सो हमला गराएको आरोप लगाउनु भएको छ | अंचल अस्पताल परिसरमा रहेका मिश्रा परिवारले कांग्रेस पार्टीका नेता बिमलेन्द्र निधिको इशारामा जीवनाथ चौधरीले सो हमला गराएको आरोप लगाउंदै जनकपुरका पुलिस प्रशासन पनि कांग्रेसकै इशारामा काम गरेको बताउनु भयो |
अस्पताल पुगेका उद्योग वाणिज्य संघका प्रदेश अध्यक्ष तथा राजपा नेता शिवशंकर साह हिराले प्रकाश मिश्रा माथिको हमला सम्पूर्ण पार्टी माथिको हमला भएको बताए | संचारकर्मीहरु लाई प्रतिक्रिया दिंदै उहाँले जनकपुरको पुलिस प्रशासन नेपाली कांग्रेसको कार्यकर्ता जस्तै भएको बताउंदै यस हमलाको जवाफ आफुहरुले दिन सक्षम रहेको बताए |

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *