
काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको चुनाबी सरकारले बदनियत राखेर गरेका सबै निर्णयहरु सच्याउने बताएका छन् ।
आज काठमाडौमा नेपाल उद्योग बाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारले गरेका बुढीगण्डकी लगायतका निर्णय सच्याउने बताएका हुन् ।
यो सरकार चुनाव गराउनका लागि मात्र भएकाले दूरगामी असर गर्ने निर्णय गर्न नपाउने भन्दै अध्यक्ष ओलीले छिमेकी देशहरुसँग पारस्परिक सम्बन्ध र महत्व राख्ने आयोजना तथा ठूला आयोजनाहरुमा लाइसेन्स खारेज गर्ने तथा दिने काम भएकोले निर्वाचन पछि बन्ने सरकारले सबै गलत निर्णय सच्याउने बताए ।
Facebook Comments