
काठमाडौं । मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि संघीय समाजवादी फोरम नेपालका उम्मेदवारहरुले आ आपनो चुनावी अभियान युद्धस्तरमा चलाइरहेका छन् । मंसिर १० गते पहिलो चरणको निर्वाचन अनुरुप ३२ जिल्लामा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ निर्वाचन क्षेत्रमा निर्वाचन हुँदैछ । संघीय समाजवादी फोरमले प्रतिनिधिसभाका लागि २३ र प्रदेशसभाका लागि ३४ जना उम्मेदवारलाई चुनावी मैदानमा उतारेको छ ।
संघीय समाजवादी फोरमका केन्द्रीय सचिव समेत रहेका युवा नेता अजम्बर राई काङमाङ भोजपुर प्रदेशसभा (क) बाट प्रत्यक्ष उम्मेदवार बनेका छन् । भोजपुरमा संघीय फोरम र नेपाली कांग्रेसबीच चुनावी लोकतान्त्रिक गठबन्धन बनाइएको छ । काङमाङ संघीय फोरम र नेपाली कांग्रेसका साझा उम्मेदवार हुन् ।
काङमाङले भोजपुरमा लोकतान्त्रिक गठबन्धनको जित सुनिश्चित भएको बताएका छन् । लोकतान्त्रिक गठबन्धनले, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र लोकतान्त्रिक समावेशीतालाई संस्थागत गर्दै पहिचान सहितको प्रदेश निर्माण गर्ने एजेण्डा तय गरेको उनले बताए । मानवीय भुगोलका आधारमा राज्यको पुनःसंरचना गरिने उनले बताएका छन् । अधिवक्ता समेत रहेका काङमाङ राष्ट्रियस्तरमै चर्चित नेता र प्रष्ट वक्ता हुन् ।
यसैगरी संघीय समाजवादी फोरमले ओखलढुङ्गामा जुद्ध ढाक्रेलाई प्रतिनिधिसभा सदस्यका लागि अघि सारेका छन् । उनले पनि हाल चुनावी अभियान अनुरुप घरदैलो कार्यक्रम तीव्र बनाएका छन् । कांग्रेस, एमाले र माओवादीबाट ओखलढुङगाको विकास सम्भव नभएकोले विकल्पको रुपमा संघीय समाजवादी फोरम नेपाल स्थापित भएको उनले बताए ।
उनले राजनीतिक समस्या हल नभएसम्म कुनै पनि मुलुकमा विकास र समृद्धि सम्भव नहुने भएकाले संविधानप्रति भएका असन्तुष्टि समाधान गरेर समानुपातिक र सहभागितामूलक विकास पद्धतिमा जानुपर्ने बताएका छन् । राजनीतिक समस्या समाधान हुनासाथ विकासको गति स्वतः वृद्धि हुने ढाक्रेले बताएका छन् । उनले आपूmलाई मतदाताले भोट दिनेमा आपूm विश्वस्त रहेको प्रष्ट पारे ।
सोलुखुम्बुमा भने प्रतिनिधिसभा सदस्यका लागि लाक्पा शेर्पाले उम्मेदवारी दिएका छन् । संघीय समाजवादी फोरम नेपाल शेर्पा प्रदेश समितिका अध्यक्ष समेत रहेका उनी पहिलो चरणको निर्वाचनका एक्ला शेर्पा उम्मेदवार समेत हुन् । पहिलो चरणमा उनीबाहेक अरु कुनै पनि दलले प्रत्यक्ष उम्मेदवारको शेर्पा समुदायको व्यक्तिलाई प्रतिनिधिसभाका लागि उम्मेदवार बनाएका छैनन् । विश्वमै गौरवशाली पहिचान कायम गरेको शेर्पा जातिको सम्मान हुने गरी शेर्पा प्रदेश निर्माणका लागि आपूmले उम्मेदवारी दिएको उनले बताएका छन् ।
खोटाङबाट प्रतिनिधिसभा सदस्यका लागि डा कृष्णकुमार राई उम्मेदवार छन् । उनले हाल घरदैलो अभियान गरिरहेका छन् । खोटाङको दिप्रुङ स्थायी घर भएका उनी इमान्दार, क्षमतावान र बौद्धिक तहका नेता मानिन्छन् ।
चिकित्सक समेत रहेका डा राईले आपूm विजयी भए खोटाङको प्रत्येक स्थानीय तहमा १५ शैयाको अस्पताल निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् ।
खोटाङमा तत्काल अपरेशन गर्नुपर्ने खालका विरामी भए ठूलो रकम खर्च गरेर हेलिकप्टरमार्पmत ज्यान बचाउनका लागि काठमाडौ लानुपर्ने बाध्यता कायम रहँदै आएकामा डा राईले तत्काल इमरजेन्सी सेवासहितको स्वास्थ्य संस्था सञ्चालन गर्नुपर्ने उनको जोड छ ।
उनले पैसा खर्च गरेर जितेका उम्मेदवारले जनताको विकास गर्न नसक्ने बताएका छन् । निर्वाचनमा आपूmले गरेको खर्च उठाउनतिर लाग्ने भएकाले त्यस्ता व्यक्तिले खोटाङको विकास गर्न नसक्ने उनले बताए ।
पैसा बाँडेर भोजभतेर खुवाएर जित्ने जनप्रतिनिधिले जनताको हितमा काम गर्न नसक्ने भएकाले सचेत भएर मात्रै मतदान गर्न खोटाङबासीसँग उनले अपिल समेत गरेका छन् ।
लमजुङबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका खेमजङ गुरुङले पनि चुनावी अभियान तीव्र बनाएका छन् । तमुवान प्राप्तिको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्माण गर्दै आएका खेमजङ पूर्व भारतीय सेना समेत हुन् । उनले तमुवानबासीले आप्mनो पक्षमा मतदान गर्नेमा आफु विश्वस्त रहेको बताए ।
Facebook Comments