Loading...
फोरम-राजपा र कांग्रेसका साझा उम्मेदवार उपेन्द्र यादव भन्छन-” एमाले मधेशको लागि घातक”

सप्तरी ५, कार्तिक । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनपछि संसदमा मधेश बलियो शक्ति बन्ने दाबी गरेका छन । संविधान संशोधन र मधेश प्रदेशको गठन मुख्य कार्यभार रहेकोले मधेशका जनता मधेश गठबन्धनको पक्षमा रहेको यादवको दाबी छ । निर्वाचन क्षेत्र न. २ अन्तर्गत तिलाठी कोइलाड़ी गाऊँपालिका वड़ा न. २, लौनिया गाऊँमा फोरम नेपाल, राजपा र नेपाली कांग्रेसद्वारा मंगलबार संयुक्त रुपमा आयोजित चुनावी सभामा बहुमत निश्चित रहेको बताए । ‘हामी भारी बहुमत ल्याउदै छौ । त्यही बहुमतको बलमा संविधान संशोधन र मधेस प्रदेश गठन गर्छौ’- यादवले भने । अधिकार प्राप्ति र माग सम्बोधनका लागि आफूहरुलाई बहुमत आवश्यक रहेको उनले बताए । गणतन्त्र, संघीयता र समावेशी जस्ता मुद्दालाई तुहाउन वाम गठबन्धन लगायतका शक्तिहरु सक्रिय रहेको यादवले आशंका जाहेर गरेका छन । शहीदको बलिदानीले प्राप्त उपलब्धिको रक्षा गर्नु आफूहरुको पहिलो प्राथमिकता रहेको भन्दै उनले परिवर्तन पक्षधर शक्तिलाई विजयी गराउन यादवले अपील गरे । पहिलेदेखि नै लोकतन्त्र विरोधी रहेको एमालेसँग मिलेर माओवादी पनि लोकतन्त्र विरोधी बनेको यादवले आरोप लगाए । संशोधन विफल पार्ने एमाले मधेशको लागि घातक रहेको आरोप लगाउँदै यादवले भने,- आन्दोलनमा गोलि बर्साउने दल र तिनका उम्मेदवारलाई चिन्नुहोला । तर भोट आन्दोलनकारी मधेश गठबन्धनलाई हाल्नुस ।’ सप्तरी निर्वाचन क्षेत्र न. २ मा फोरम नेपालका राष्ट्रिय अध्यक्ष यादवलाई राजपा र नेपाली कांग्रेसको समर्थन रहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *