
संघिय समाजबादि फोरम नेपालका बरिष्ठ नेता तथा लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार अशोक राइले “छब्बीस बर्षसम्म लगातार यो क्षेत्रका जनताले एमालेलाई सम्मान दिए पनि एमालेले बिकाशको नाममा सिन्को समेत नभाचेको बताउनु भएको छ । एमालेले जनताको मतलाई सम्मान गर्न सकेन, अहिले मैले भोट माग्ने क्रममा धरानका जनतालाई भेट्दा बिगतलाई सम्झेर पच्चाताप गरिरहेको मैले पाएको छु राई ले भन्नु भएको छ । “ उहाले मतदान गर्दा आफ्नो मतको सम्मान गर्न सक्ने, जनतालाइ बिजय महसुस गराउन सक्ने र धरानको प्रतिनिधित्त्व गर्न सक्ने मान्छेलाई मात्र मतदान गर्न समेत आग्रह गर्नु भएको छ ।
संसदमा संबिधान संसोधनको बिषयमा एमालेले खेलेको नकारात्मक भुमिकाको प्रसंग उल्लेख गर्दै उम्मेदवार अशोक राइले भने, “ संबिधान संसोधन प्रस्ताब पारित हुनै लाग्दा संसोधन पारित हुन नदिने एमालेले दुइतिहाई ल्याएर संबिधान सम्सोधन गर्छु भन्नु संकाश्पद छ । उसले भनेजस्तो संसोधन एमालेले आफ्नै लागि मात्रै गर्छ । जनताका लागि होइन । “ नेता राइले एमालेलाइ राष्ट्रिय राजनीतिमा मनपरी गर्दै हिड्न बाट रोक्नु लोकतान्त्रिक शक्तिको कर्बब्य भएको बताए । उनले भने, “नेकपा एमालेलाई सच्याउनका लागि पनि हराउनुपर्छ ।“
Facebook Comments