Loading...
मधेशीको हक-अधिकारको लागि तालमेल होइन चुनाबपछि फोरम-राजपाको एकता हुन्छ- उपेन्द्र

मंसिर ५, २०७४-संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँगको चुनावी तालमेल मधेसी जनताको अधिकार प्राप्तिका लागि भएको र यो सफलतापश्चात् पार्टीगत एकताप्रति अगाडि बढ्ने बताएका छन् । यो चुनावी तालमेलको सुरुआत हो, यसले राम्रो संकेत दिएको छ र यो विस्तारै मधेसी एकताका लागि उदाहरणीय थालनी बन्ने समेत उनले तर्क दिए ।

अध्यक्ष यादवले मंगलबार राजविराजमा कुाराकानी गर्दै संविधान संशोधन, मधेसीको पहिचान, अधिकार र राज्यमा मधेसीको सहभागिताका लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आफ्नो पार्टीले चुनावी तालमेल गरेको र यो सफल हुने दाबीसमेत गरे । साथै उनले मधेसीको अधिकार प्राप्ति नभएसम्म मधेसीको लडाइँ समाप्त नहुने बताउँदै मधेसी गठबन्धनले बहुमत प्राप्त गरेमा मधेसीको अधिकार सुनिश्चित हुने विश्वास व्यक्त गरे । उनले कांग्रेस, एमाले र माओवादीले जति मीठो भाषण र आश्वासन दिए पनि मधेसी हितमा नभएको आरोप लगाए ।

राज्यमा सबैभन्दा बढी कर तिर्ने मधेशमा सरकारी लगानी अत्यन्त कम भएको र भेदभाव रहेकाले आफ्नो बहुमत आए राज्यको लगानी बढाउने शिक्षा, स्वास्थ्य र रोजगारीको वातावरण बनाउने दाबी गरे । साथै, उद्योगधन्दाका लागि स्वदेशी तथा विदेशी लगानी वृद्धि गर्ने र कृषि उद्योगमा जोड दिने उनले उल्लेख गरे ।

– रासस

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *