
बारा । संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय प्रसाद यादवले मंसिर २१ गतेको निर्वाचनबाट मधेसीविरोधी दलहरु बढारिने बताएका छन् ।
बारा–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका यादवले मधेसी जनताको चाहनाअनुसार मधेसी दलहरुबीच गठबन्धन बनेकाले मधेसी जनता उत्साहित भएको बताए ।
मधेसी जनताको पहिचान र अधिकारका लागि आन्दोलन गर्दा वा राज्यको दमन सहेर गोली खाँदा सँगसँगै रहेका दलहरु निर्वाचन पनि सँगै उभिएकाले मधेसी जनतामा उत्साह छाएको उनले बताए ।
‘मधेसको अधिकारका लागि लड्ने दलहरु निर्वाचनमा एकजुट भएर आउनुपर्छ भन्ने मधेसी जनताको चाहना थियोे,’ घरदैलो अभियानमा व्यस्त रहेका यादवले भने, ‘मधेसी जनताको चाहना बमोजिम नै संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीको एउटा गठबन्धन बनाइएको छ । यसले आम मधेसी जनतामा ठूलो उत्साह देखिएको छ ।’
उनले आपूmहरु हाल आन्दोलनबाट प्राप्त अधिकार सुरक्षित गर्दै बाँकी अधिकारका लागि संघर्ष गर्ने, मधेसी जनताको मुक्तिका लागि मधेस प्रदेश घोषणा गर्ने र मधेस सरकारबाटै मधेसको विकास र समृद्धि गर्ने अठोटका साथ जनताको बिचमा गइरहेको प्रष्ट पारे ।
‘मधेस सरकार यस्तो बनोस जसले स्थानीय भाषामा बालबालिकाहरुलाई शिक्षा दिन सकोस्, बाटोघाटो, विजुली, स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रमा विकास गर्न सकोस,’ उनले भने, ‘हामी मधेसी जनताका बीचमा यीनै कुराहरु लिएर गइरहेका छौं ।’
उनले नेपाली कांग्रेस, एमाले र माओवादी मधेसविरोधी भएको कुरा जनताले बुझिसकेको जिकिर गरे ।
मधेसी जनताले अब कुनै पनि हालतमा कांग्रेस, एमाले र माओवादीजस्ता मधेसविरोधी दलहरुलाई भोट नदिने उनको बुझाई छ । ‘मधेसमा हावा हैन तुफान आइरहेको छ,’ यादवले भने, ‘मधेसमा आएको तुफानले मधेसविरोधीलाई बढार्नेछन् ।’
उनले मधेसी जनता स्वतस्पूmर्त रुपमा मसाल छापमा भोट भाग्दै हिडिरहेको प्रसंग समेत कोट्याए । आप्mनो चुनावी अभियानमा बच्चादेखि बुढाबुढीसम्म उत्साहका साथ हिडिरहेको उनले बताए । ‘यो भनेको मधेसी जनतामा देखिएको उत्साह हो,’ उनले भने, ‘यही कारण हाम्रो जित सुनिश्चि छ । मधेसविरोधीहरु भने पत्तासाफ हुँदैछन् ।’
Facebook Comments