
सप्तरी ६, मंसिर । संघीय समाजवादी फोरम नेपालका उपेन्द्र यादवले विकासको हिसाबले चार दशक अघिको मधेश र अहिलेको मधेशमा कुनै फरक नपाएको बताएका छन । राज्यको विभेदकारी नीतिले गर्दा मधेश पछाडि परेको आरोप लगाउँदै यसप्रति दुःख जाहेर गरेका छन । चुनाव प्रचारको क्रममा सप्तरीको शहर, गाऊँ, सड़क पूर्वाधार र जनताको जीवनस्तर देखेपछि यादवले यस्तो अनुभव सुनाएका हुन । राजविराज कदमहा गाऊँमा बुधबार स्थानियसँग कुरा गर्दै यादवले भने,- ‘४० वर्षअघिको सप्तरी र अहिलेको सप्तरीमा कुनै फरक पाईन । गाऊँको अवस्था जहाँको तहि छ । गाऊँ, सड़क र जीवनस्तर सबै उस्तै रहेछ ।’
सप्तरीको भगवतपुरमा जन्मेहुर्केका यादवले चार दशकपछि पनि आफ्नो जन्मभूमिको अवस्था जस्ताको त्यस्तै देखेर दुःखी र आश्चर्यचकित बनेको बताए । सप्तरीको विकासको लागि राज्यले कुनै पहल नगरेको भन्दै यादवले राज्यको विभेदकारी नीतिले गर्दा मधेशको विकास हुन नसकेको आरोप लगाए । ‘राज्यले नै चाहदैन की मधेशको विकास होस । ताकि मधेशी जनतालाई सधैभरी गुलाम बनाएर राख्न सकियोस । तर अब यसरी चल्दैन’- यादवले भने । मधेशको गरिबी, अशिक्षा, बेरोजगारी र विकासको अवस्था जर्जर हुनुमा राज्य मुख्य दोषि रहेको आरोप लगाएका छन । सप्तरीको अधिकांश गाऊँमा पुगेर यादवले आम जनतासँग अन्तर्क्रिया गरिसकेका छन । गत कार्तिक २६ गतेदेखि औपचारिक रुपमा उनी आफ्नो निर्वाचनको चुनाव प्रचारमा जुटेका छन । यतिबेला देशब्यापी चुनाव प्रचारलाई आक्रमक ढंगले अगाडि बढाएको छ ।
पार्टीका केन्द्रीय नेतृत्व आ-आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय ढंगले खटिएका छन । फोरम नेपालका अध्यक्ष यादवले सप्तरीको चुनावी मोर्चा सम्हालेका छन । सप्तरी क्षेत्र न. २ बाट अध्यक्ष यादव प्रतिनिधि सदस्य पदका उम्मेदवार हुन ।
Facebook Comments