
माओवादी नेता यादवलाई रिहा नगरे आन्दोलन गर्ने चेतावनी
वीरगन्ज, ६ पर्सा ।
पर्सा प्रहरीले पक्राउ गरेका नेकपा माओवादी केन्द्रका नेता अकलु यादवलाई रिहा गर्न नेकपा माओवादी केन्द्र पर्साले माग गरेको छ । पार्टीका जिल्ला संयोजक विजय महतोद्वारा आज एक विज्ञप्ति जारी गर्दै मंसिर ५ गते प्रहरी कार्यालयबाट भेट्ने उद्देश्यले फोन गरी बोलाएर विप्लव माओवादीको कार्यकर्ता भन्दै यादवलाई गिरफ्तार गरि प्रहरी हिरासतमा राखेको प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यादव, विप्लव माओवादीको नेता नभई नेकपा माओवादी केन्द्रका नेता भएकोले उनलाई रिहा गर्न बारम्बार प्रहरीलाई अनुरोध गर्दा समेत अनुसन्धानको लागि भन्दै हिरासतमा राखेकोले यो निर्वाचन विथोल्ने सरकारी षड्यन्त्र भएको पार्टीको ठहर भएको विज्ञप्तिमा जनाईएको छ । यादवको तत्काल रिहाको माग गर्दै उनलाई रिहा नगरिए नेकपा माओवादी केन्द्र पर्सा कडा भन्दा कडा अन्दोलनमा उत्रिने रत्इसबाट हुने सम्पूर्ण घटनाको जिम्मेवार सरकार नै हुने विज्ञप्ति मार्फत चेतावनी दिएको छ ।
Facebook Comments